हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिको लेखाजोखा गर्ने कार्य सुरु भएको छ । उक्त कार्य जेठ २४ गतेबाट सुरु भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । बालबालिकाको तौल, हाइट, शारीरिक बनावट लगातका आधारमा पोषणको लेखाजोखा गरि रहेको छ ।
खार्पुनाथ गाउँपालिकालाई कुपोषण मुक्त गर्ने उद्देश्यका साथ स्वास्थ्यकर्मी दुइ समुहमा विभाजन भइ खार्पुनाथ गाउँपालिकाको ५ वटा वडामा खटाइएको छ । ति स्वास्थ्य समुहले सोही गाउँपालिकाको प्रत्येक वडाका गाउँ वस्तीमा पुगी पोषणको अवस्थाकामा बारेमा लेखाजोखा गरी कुपोषित बालबालिकालाई उपचार गर्ने समेतको जानकारी संयोजक शाहीले दिएका छन् ।
स्वास्थ्यकर्मी गाउँ वस्तीमा गएकाले खार्पुनाथ गाउँ पालिकाका ५ वर्ष मुनीका बालबालिकाका अभिभावकले आफ्नो बालबालिको पोषणको अवस्था चेक जाँच गराउन पनि शाहीले जानकारी गराएका छन् । २४ गते बालबालिकहरुको पोषण स्थितिका बारेमा लेखा जोखा गर्दा खार्पुनाथ गाउँपालिका वडा नं १ प्युस गाउँमा जम्मा ८० जनाको जेकजाँच गर्दा १ जना बालक र १ जना बालिका गरि २ जनामा मध्यम खालको पोषण स्थिती रहेको पाइएको स्वास्थ्य संयोजक शाहीले बताएका छन् । त्यसै गरी खार्पुनाथ गाउँपालिका वडा नं ४ को लेख गाउँमा जम्मा २४ जनाको जेकजाँच गर्दा १ जनामा मध्यम खालको पोषण स्थिती रहेको खार्पुनाथ स्वास्थ्य शाखाले जनाएको छ ।
जेठ २४ गतेबाट सुरु गरीएको स्वास्थ्य पोषण लेखा जोखामा २ वटा वडामा १ सय ४ जना मध्य ३ जना मध्यम खालको पोषण स्थिति रहेको र अन्य १ सय १ जनाको पोषण अवस्था राम्रो रहेको स्वास्थ्य संयोजक शाहीले बताएका छन् । सोही अनुसार खार्पुनाथ गाउँपालिकाको अन्य वडाका वस्तीहरुमा पोषणको लेखा जोखा गर्ने कार्य जारी रहेको खवर प्राप्त भएको छ ।