पृथ्वीको संरक्षण’ ‘दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने राष्ट्रिय नाराका साथ हुम्ला जिल्लामा विश्व बातावरण दिवश मनाइएको छ । रुख रोपौउ, बनजोगाउ भन्ने नारा सहित हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजारमा र्याली निकाली बजार सरसफाइ गरिएको थियो । र्यालीमा सहभागीहरुले मुखमा माक्स, हातमा गुलब्स लगाइ बजारमा र्याली सँगै फोहोर समेत उठाइएको थियो । विश्वबातावरण दिवशको अवसरमा जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, उद्योग व्यवसायी, सुरक्षाकर्मी लगाएतको सहभागीता रहेको थियो ।
डिभिजन वन कार्यालय, तेश्रो धुर्व संरक्षण कार्यक्रमको आयोजनामा संचालित कार्यक्रमको अध्यक्षता डिभिजन वन कार्यालय प्रमुख रेणुका नौपानेको,प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दानबहादुर रावत, विशेष आतिथ्यमा प्रमुख जिल्ला अधिकारी सिता परियार र सिमकोट गाउँ पालिकाका कार्यवाह अध्यक्ष शुसिला भाम रोकायाको रहेको थियो ।एक ठाउँबाट उठाएको फोहोर अर्को ठाउँमा फालिदा तेहाँको बातावरण दुसित हुनुका साथै वन्यजन्तु, घरपालुवा पशु वस्तुलाई पनि बातावरणीय प्रभाव असर पार्ने भएकाले फोहोर फाल्ने ठाउँ व्यवस्थित हुनु जरुरी रहेको सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष शुसिला भाम रोकायाले वताएकी छन् ।
सदरमुकाम सिमकोटको बातावरण दुशित हुन नदिन र यहाँको सरसफाइका लागी हुम्ला जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मीले पटक पटक गर्दै आएकोमा अवको सदरमुकाम सिमकोटको सरसफाइ गर्ने नेतृत्व सिमकोट गाउँपालिकाले लिनु पर्ने त्यसको साथ सहयोग प्रमुख जिल्ला अधिकारी संगै कर्मचारी, सुरक्षाकर्मीले साथ सहयोग दिन तयार रहेको र जिल्ला सदरमुकाम सिमकोटमा बसोबास गर्ने घरधनीहरुले पनि आफ्नो फोहोर आफै व्यवस्थापन गर्नमा जोडदिदै प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी थिइन।
जिल्ला सदरमुकाम सिमकोटमा रहेका सर्वजनिक सौचालय सफा राखी नियमित ति सौचालयको प्रयोग गर्दा वाहिर सौच नहुने र सिमकोटको वातावरण दुसित नहुने, जिल्ला सदरमुकामका प्रत्येक घरमा सौचालय भए पनि ति सौचाल प्रयोग नगरी बाटोबाटोमा सौच गर्दा वाय प्रर्यटक र आनतरिक पर्यटकहरुलाई आवतजावत गर्न समेत समस्या भएको जिल्ला समन्वय प्रमुख दानबहादुर रावतले बताएका थिए ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको डिभिजन वन कार्यालय प्रमुख रेणुका न्यौपाने बताएकी थिइन ।
विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति ग्रामिण स्तर सम्म राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।