Mansarowar Times बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 

सञ्चार समाचारदाता हुम्लाः  हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा  परिक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएको हो ।

प्रतिष्ठाका निर्देशक डां मंगल रावलका अनुसार हुम्लामा आरडिटी गर्दा नाम्खा गाउँपालिका वडा नम्बर ५ का एक जना ब्यक्तिको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि हुम्लामा निक्कै त्रास बढेको देखिएपनि स्थानीय प्रशासनले सार्बजनिक गरेको थिएन ।

बुधवार  कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ति व्यक्तिको स्वाव परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ । उक्त रिपोर्ट पिसिआरमा नेगेटिभ आएपछि हुम्लामा त्रासको बातावरण हटेको छ । प्रतिष्ठानले पोजेटिभ देखिएको रिपोर्ट सहित नाम्खा गाउँपालिकाबाट लिएका स्वाबलाई प्राथमिकता दिएर परिक्षण गरेको डाक्टर रावलले बताएका छन् ।

सो रिपोर्ट पोजेटिभ देखिएका ब्यक्तिको स्वाब  सहित अन्य ३३ जनाको पनि स्वाब प्रतिष्ठानको चिकीत्सकको टोलीले मंलगबार हेलिकोप्टरबाट जुम्ला लगेको थियो । त्यो संगै सोही गाउँपालिकाका अन्य ३३ वटै स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको डां रावलले बताए ।

हुम्लाबाट नाम्खा सहित अन्य  सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाबाट ४१० स्वाब लिएको र अन्यको पनि पिसिआर बिधिमा परिक्षण भै रहेको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९