२ दिने विद्यालयमा कार्यरत जतशक्तीहरुको क्षमता विकास सम्बन्धीको तालिम सम्पन्न भएको छ । पाठ्यक्रम निर्माण, प्रविधिकरण, विद्यालय संचालन, प्रवधान,विद्यालयको लेखा प्रणाली, इङलिस, आइटी सुचना तथा संचार प्रविधि, भौतिक पुर्वधार लगाएतका विषयमा प्रशिक्षण गराउदै उक्त तालिम सम्पन्न भएको हो ।उक्त क्षमता विकास सम्बन्धी तालिममा सिमकोट गाउँ पालिकामा संचालन भएका २३ वटा विद्यालयका शिक्षक तथा लेखापालहरुको उपस्थित रहेको थियो ।
जेठ १२ गतेबाट संचालन भएको क्षमता विकास सम्बन्धी गोष्ठीलाई शिक्षा विकास तथा समन्वय प्रमुख तिलक भट्टराई, शिक्षा शाखा ना प्रा स कृष्ण प्रसाद आचार्य, सर्जन रावत, आइटी अफिसर छिरिङ इङडुम लामा र लेखा पाल विशाल बोहराले प्रशिक्षण गराएका थिए । ५४ जना प्रधाना ध्यापक लेखापाल लगाएतका विद्यालयका कर्मचारीको उपस्थित रहेको अभिमुखीकरण तालिम मानसरोवर होटलमा संचालन भएको थियो ।
उक्त क्षमता अभिवृद्धी तालिमले शिक्षकहरुलाई स्थानिय पाठ्यक्रम निर्माण गर्न, विद्यालयमा हुने कारोवारलाई लेखा प्रणालीमा प्रविष्ट गर्न सहज हुने, सुचना तथा संचार प्रविधिलाई संचालन गर्न सहज हुने उद्देश्यका साथ क्षमता अभिवृद्धि अभिमुखीकरण संचालन भएको सिमकोट गाउँ पालिका ना प्र स कृष्ण प्रसाद आचार्यले बताएका छन् । सिमकोट गाउँ पालिकाले संचालन गरेको उक्त क्षमता विकास अभिमुखीकरण तालिममा सिमकोट गाउँ पालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया लगाएतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।