मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लाले सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन सम्बन्धी कार्यतालिका प्रकासित गरेको छ । महिला, दलित र अल्प संख्यक सदस्य पदको निर्वाचन प्रयोजनका लागी उक्त कार्यतालिका प्रकासित गरेको हो ।
जसमा मतदाता नामवली प्रकासित आज जेठ ७ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म गरेको छ, मतदाता नामवली सच्याउन वा छुट नाम समावेस गर्न दरखास्त दिने जेठ ८ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, सम्सोधित नामवलि प्रकासित गर्ने जेठ ९ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, मतदाताको विरुद्धमा उजुरी दिने जेठ १० गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, मतदाता विरोधमा दिएको उजुरी उपर जाँच बुझ गर्ने जेठ ११ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, अन्तिम मतदाता नामवली प्रकासन गर्ने जेठ १२ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने जेठ १३ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, मनोनयन दर्ता भएका उम्मेदवारको सुचि प्रकासन गर्ने जेठ १४ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, उम्मेदवारका विरुद्ध उजुरी दिने जेठ १५ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, मनोपत्र जाँच गर्ने र उजुरी उपर निर्णय गर्ने जेठ १६ गते विहान १० वजे देखि वेलुका ५ वजे सम्म, उम्मेदवारको नामवली प्रकासन गर्ने जेठ१७ गते विहान १० वजे देखि १२ वजे सम्म, उम्मेदवारको नामवली फिर्ता लिने जेठ १८ गते विहान १० वजे देखि दिनको १ वजे सम्म, उम्मेदवारको अन्तिम नामवली प्रकासन गर्ने जेठ १८ गते दिनको २ वजे देखि दिनको ३ वजे सम्म, उम्मेदवारलाई निर्वाचन चिन्न प्रर्दान गर्ने जेठ १८ गते दिनको ४ वजे देखि ५ वजे सम्म रहेको छ ।
सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन जेठ २१ गते विहान १० वजे देखि दिनको २ वजे सम्म सम्बन्धित मतदान केन्द्रमा हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।