राज शाही बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

बैशाख ३० गते हुने स्थानिय तह सदस्य निर्वाचन हुने मतदान केन्द्र, मतदानका लागी कति सुरक्षित छन वा छैनन्, मर्मत संभारको केकति आवश्यकता छ भन्ने हेतुले मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरि मतदानको लागी तयारी कार्य पुरा भएको छ ।
निरिक्षण तथा अनुगमन हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ५० कोष टाढा रहेको ताजाकोट गाउँपालिकामा तोकिएका मतदान केन्द्रको अनुगमन कार्य पुरा गरी मतदानका लागी मतदान स्थलको तयारी कार्य पुरा भएको ताँजाकोट गाउँ पालिका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहले बताएका छन् ।
सो गाउँपालिकामा तोकिएका मतदान केन्द्रका कर्मचारीले बुधवार मतदाता परिचय पत्र वितरण, मतदान स्थल निर्माण र सर्वदलिय बैठक संचालन गरी आवश्यक निर्णय गरिएको सहायक निर्वाचन अधिकृत सिंहले बताएका हुन।
ताँजाकोट सहायक निर्वाचन अधिकृत सिंहका अनुसार उक्त गाउँ पालिकामा ५ वटा मतदान केन्द्र रहेका छन् । जसमा जनप्रकाश आधारभुत विद्यालय भैसामाज मतदान केन्द्र जिल्ला सदरमुकाम सिमकोटबाट ५० कोष, छायक्षेत्र आधारभुत विद्यालय मतदान केन्द्र लौठारुख ४९ कोष, कैलास आधारभुत विद्यालय थापागाउँ ४८ कोष, सुर्यप्रकास आधारभुत विद्यालय मतदान केन्द्र ४५ कोष र मदनादेव माध्यामिक विद्यालय लौठीपाटा मतदान केन्द्र ४४ कोष दुरीमा रहेका छन् ।
ताँजाकोट गाउँपालिकामा रहेका मतदान केन्द्र मतदानकालागी केही सामान्य समस्या भए पनि समग्रहरुपमा मतदानकालागी उपयुक्त निरिक्षण तथा अनुगमनका क्रममा देखिएको सहाक निर्वाचन अधिकृत सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्ला जिल्ला अदालतद्धारा अर्ध न्यायिक निकायहरूको अनुगमन  कार्यलाई तिव्र
कारागार भवन निर्माणधिन अवस्थामा रहेकाले थुनुवा तथा कैदी हिरासदमा
हुम्ला जिल्ला अदालतले अर्धन्यायिक निकायहरूको अनुगमन तथा निरिक्षण सुरु

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९