राज शाही बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा १ वटा मुख्य निर्वाचन अधिकृत कार्यालय संगै ६ वटा निर्वाचन कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत कार्यालय र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।हुम्ला जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृत कार्यालयको माननीय जिल्ला न्यायाधीश एव मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले विधिवद्ध ढङ्गले साइनबोट खोली ब्यानेर पढी उत्द्धघाटन गर्नु भएको हो ।
निर्वाचनलाई शान्ती पुर्ण, धाँदली रहित, स्वतन्त्र, निष्पक्ष बनाउनका लागी जिल्लाका सम्पुर्ण राजनैतिक दल, नागरीक समाज, पत्रकार मतदाता सबैले पुर्णरुपमा आचार संहिता पालना गरेमा काँही पनि अप्ठ्यारो नहुने, विहान ८ वजे देखि वेलुका ७ बजे सम्म पचार पसारका कार्यक्रम पार्टीले पचार पचार मात्र गर्ने हो भने पनि निर्वाचन भय रहित बातावरणमा सँचालन हुने, त्यसै गरी मनोनयन दर्ता गर्दा वडा सदस्यको लागी ५ सय,वडा अध्यक्षको लागी १ हजार, अध्यक्ष उपाध्यक्षको लागी १ हजार ५ सय र जिल्ला समन्वय प्रमुख उपप्रमुखको लागी २ हजार धरौटी तोकीएको बताउदै प्रमुख जिल्ला अधिकारी सिता परियार बाताइन ।
हुम्ला जिल्लामा स्थानिय तहको निर्वाचन निष्पक्ष गराउने प्रतिवद्धता व्यक्त मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले गर्नु भएको छ । जनताले जसलाई विश्वास गर्नु हुन्छ उहाँ विजयी हुनु हुने छ । निर्वाचनमा खटिने कर्मचारी कुनै पनि राजनैतिक दलको पक्षमा प्रचार प्रचार देखि लिएर मन बचन संकेत कुनै पनि तरिकाले गर्ने छैनौ भन्ने प्रतिवद्धता मुख्य निर्वाचन अधिकृत जगतबहादुर पडेलले व्यक्त गर्नु भएको थियो ।
उद्धघाटन कार्यक्रममा स्थानिय तहको निर्वाचन पुर्णरुपमा आचार संहिताको पालना गर्ने प्रतिवद्धता उपस्थित राजनैतिक दलका नेताले व्यक्त गरेका थिए । जिल्लाका सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि राजनैतिक दल, सुरक्षाकर्मीको उपस्थित रहेको कार्यक्रममा जिल्लामा सुरक्षाको अवस्थाको बारेमा प्रहरी नायव उपरिक्षक कृष्णराज ओजाले बताएका थिए ।
पत्रकार महासंघका अध्यक्ष राजन रावतले पत्रकार आचार संहिता वेगर कोही पत्रकारहरुले काम गरेमा सोको भागीदार आफै हुने त्यसको जिम्मेवार पत्रकार महासंघ जिम्मेवारी नहुने आफ्नो भनाइमा राखेका थिए । ठुला पार्टीले पनि साना पार्टीको सह अस्तित्वय स्वीकार गर्दै निर्वाचनमा जानु पर्ने वुत क्याप्चार गर्ने परिपार्टीको पनि अन्त हुन पर्ने बताउदै जनसमाजवादी पार्टीका केन्द्रिय सदस्य रणबहादुर रम्तेलले बताएका थिए ।
विहिबार विहान ११ वजे हुम्ला जिल्ला अदालतमा उत्द्धघान गरीएको मुख्य निर्वाचन अधिकृत कार्यालयमा स्वागत मन्तव्य सहाय निर्वाचन अधिकृत पुर्णबहादुर केसीले राखेका थिए ।
। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिनु भयो । उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९