राज शाही बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका सात वटै गाउँ पालिकामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत पुगेका छन् । कर्णाली प्रदेशको हुम्ला जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य २ वटा बाहे ५ वटा गाउँ पालिकामा निर्वाचन अधिकृत जिल्ला बाहिरबाटै खटाइएका छन् । हुम्ला जिल्लाको निर्बाचन क्षेत्र क को सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोट र नाम्खा गाउँ पालिकामा जिल्ला बाहिरबाट निर्वाचन अधिकृत खटाइएको हो ।
ताँजाकोट गाउँ पालिकामा निर्वाचन अधिकृत अर्जुन श्रेष्ठ सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंह, अदानचुली गाउँपालिकामा निर्वाचन अधिकृत यम प्रकास बास्कोट सहाय निर्वाचन अधिकृतमा प्रविण पौडेल, चंखेली गाउँपालिकामा निर्वाचन अधिकृत हेमकुमार ढकाल सहायक निर्वाचन अधिकृत भीम पाण्डे, सर्केगाड गाउँपालिकामा निर्वाचन अधिकृत छत्र बहादुर शाह सहायक निर्वाचन अधिकृत मोहन गिरी, खार्पुनाथ गाउँपालिकामा निर्वाचन अधिकृत कमल कुमार आचार्य, सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाही, नाम्खा गाउँपालिकामा निर्वाचन अधिकृत श्याम हरी अधिकारी सहायक निर्वाचन अधिकृतमा धर्मराज न्यौपाने र सिमकोट गाउपालिकामा मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेल सहायक निर्वाचन अधिकृत पुर्णबहादुर केसीलाई नियुक्त गरिएको छ ।
बैशाख ८ गते निर्वाचन कार्यालय खोल्नु पर्ने भएकाले निर्वाचन अधिकृतहरु खटाइएको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका साथ पुगी सकेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत पुर्णबहादुर केसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९