राज शाही मंगलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला अदालतमा राजनैतिक दल, पत्रकार र निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत संग निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरीएको छ । माननीय जिल्ला न्यायाधीश एव हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेको अध्यक्षतामा संचालन भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सीता परियार, खार्पुनाथ गाउँ पालिकाका निर्वाचन अधिकृत कमलकुमार आचार्य र नाम्खा गाउँ पालिका निर्वाचन अधिकृत श्यामहरी अधिकारीको उपस्थितमा संचालन भएको अन्तरक्रिया कार्यक्रममा आगामी बैशाख ३० गते शुक्रबारका दिन संचालन हुने स्थानीय तह निर्वाचनमा कार्यालय स्थापना देखि मनोनयन दर्ता, मतगणना कार्यहरु निर्वाचन आयोगको कार्यतालिका बमोजिम सुव्यवस्थित तरिकाले प्रचलित ऐन कानूनको परिधि भित्र रही सुसम्पन्न गर्ने गराउने, बैशाख ८ गतेका दिन जिल्लाका ७ वटै गाउँपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय विधिवद्ध ढंगबाट राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थितमा स्थापना गर्ने, निर्वाचन आयोग नेपालबाट जारी भएको स्थानीय तह निर्वाचन आचार संहिता, २०७८ को व्यवस्थालाई यस जिल्लामा रहेका राजनैतिक दल, कर्मचारी, पत्रकार, उमेदवार, मतदाता, पर्यवेक्षक अनुगमनकर्ता लगायतले अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
अड्डा अदालतबाट दण्ड जरीवाना र वेरुजो फर्च्छौट गरेको व्यक्तीले मात्र मनोनयन दर्ता गर्ने र सरकारी कर्मचारीको हकमा राजिनामा दिई स्वीकृत भएको व्यक्तीलाई मात्र मनोनयन दर्ता गर्ने र पेश्कीको सम्वन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगसँग समन्वय गर्ने र उपभोक्ता समितिमा वसेका व्यक्तीले उपभोक्ता समितिबाट राजिनामा दिई मनोनोयन दर्ता गर्ने अन्यथा मनोनयन वदर गर्ने बैशाख६ गते देखि बैशाख २८ गते वेलुका ७ वजे पछि मदिरा विक्रि वितरण गर्न नपाइने र बैशाख २९ गते देखि जेष्ठ २ गते सम्म जिल्ला भर मदिरा पुर्णरुपमा वन्द गर्ने र मदिरा सेवन गरी सार्वजनिक स्थलमा हिडडुल गर्न नपाइने व्यवस्था मिलाउन सबै सरोकारवाला नागरीक समाज सबैले प्रतिवद्धता गर्ने निर्णय गरिएको छ ।
बैठकमा बराहदल गुल्म रानीवन व्यारेक गुल्मती गणेश खड्का, जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक कृष्णराज ओझा, शसस्त्र प्रहरी बल नेपाल ४४ नं. गुल्म ससत्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख लक्ष्मण चौधरी सरकारी वकिल पुर्णबहादुर केसी हुम्ला जिल्ला अदालतका वैतनिक कानून व्यवसायी राजन चन्द लगाएत राजनैतिक दलका प्रमुख एव प्रतिनिधिहरुको उपस्थित रहेको थियो । आजको अन्तरक्रिया कार्यक्रमलाई जिल्ला सरकारी वकिल एव सहायक निर्वाचन अधिकृत पुर्णबहादुर केसीले स्वागत मन्तव्य यसरी राखेका थिए । त्यसै गरी मतगणना स्थलमा सिसि क्यामरा अनिवार्य जडानका गर्ने लगाएतका विषयमा छलफल अन्तक्रिया भएको छ ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९