हुम्ला जिल्ला भर टाइफाइड विरुद्धको खोप लगाउने कार्य जारी रहेको छ । हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका वडा नं ६ को लीमी बाहेक अन्य जिल्लाका ४४ वटा वडा मध्य ४३ वटा वडामा उक्त खोप लगाउने कार्यले पहिलो प्राथामिकता पाएको छ ।नाम्खाको वडा नं ६ मा जानको लागी हाल न्यालु र नारालेखमा करिव ४ फिट हिउ जमेकाले स्वास्थ्यकर्मीलाई जान समस्या भएको हो ।
सो खोप सिमकोट गाउँ पालिकाले चैत २७ गतेबाट सूरु गरेको थियो भने खार्पुनाथ र नाम्खा गाउँ पालिकाले चैत २८ गतेबाट सुरु गरेका थिए । त्यसै गरी आज चैत २९ गते खार्पुनाथ गाउँ पालिका वडा नं ५ को बागेश्वरी आधारभुत विद्यालय ताक्लामा लगाइएको छ । ताक्लामा छात्रा ७१ र छात्र ७६ गरी जम्मा १ सय ४७ जना १५ महिना देखि माथि र १५ वर्ष सम्मका बालबालिकालाई उक्त खोप लगाइएको खार्पुनाथ स्वास्थ्य चौकी इन्चार्ज हरिभक्त शाहीले बताएका छन् ।
खार्पुनाथ गाउँ पालिकामा चैत २८ गतेबाट उक्त खोप लगाउने कार्य सुरु गरिएको र सो खोपबाट हाल सम्म कुनै पनि बालबालिकामा नकरात्कम असर नपरेको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य शाखा निमित्त प्रमुख रुद्रविर शाहीले बताएका छन् । प्रमुख रुद्रविर शाहीले आज वागेश्वरी आधारभुत विद्यालय खोप केन्द्रको अनुगमन संगै चैत २८ गते मान्धारा माध्यामिक विद्यालयमा खोप लगाइएका बालबालिकाको अवस्थाकाबारेमा बुझेको शाहीले बताएका छन् ।
खोप लगाउने कार्यकमा अभिभावक, बालकलव,युवा, शिक्षकहरुले महत्वपुर्ण भुमिका खेलेको र उक्त खोप लगाउनु पर्छ भन्ने मानसिकता अभिभावकमा विकास भएकाले उक्त खोप लगाउदा भौगोलिक विकटता बाहेक अन्य केही समस्या नभएको खार्पुनाथ स्वास्थ्य चौकी इन्चार्ज हरिभक्त शाहीले यसरी बताएका छन् ।
खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा स्वास्थ्य चौकीमा सो खोप लगाइएको खार्पुनाथ स्वास्थ्य चौकी इन्चार्ज कालिबहादुर शाहीले बताएका छन् । सिता माध्यामिक विद्यालय खोप केन्द्रमा लगाइएको खोपमा छात्र १ सय ४८ र छात्रा १ सय ६९ गरि जम्मा ३ सय १७ जनालाई उक्त खोप लगाइएको शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं ५ ले चैत ३० गते भोली हिल्सा नौधारा आधारभुत विद्यालय दुर्पामा टाइफाइड विरुद्धको खोप लगाउने खवर प्राप्त भएको छ ।
खार्पुनाथ गाउँ पालिका वडा नं १ को भानुभक्त आधारभुत विद्यालय गोप्का, वडा नं २ सरस्वती आधारभुत विद्यालय शेरडिल, ज्ञनजोती आधारभुत विद्यालय कारङग र इन्द्रज्वाला आधारभुत विद्यालय लेखमा सो खोप लगाइएको खार्पुनाथ गाउँ पालिका निमित्त स्वाश्थ्य शाखा प्रमुख रुद्रविर शाहीले बताएका छन् ।
उक्त खोप लगाउने कार्यमा अभिभावक उत्साहित भएका छन् । स्वत स्फुर्तरुपमा आफ्ना बालबालिकालाई खोप केन्द्रमा पुर्याई खोप लगाइ रहेको जिल्लाका विभिन्न गाउँ पालिकाबाट हाम्रा स्थानिय संवाददाताले खवर पठाएका छन् ।