चैत्र २५, देखि वैशाख १८ सम्म आयोजना भएको टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । साथ साथै यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। हुम्ला जिल्लाका ग्रामिण क्षेत्रहरूमा १ सय ५० भन्दा बढि विद्यालय खोप केन्द्रहरूमा यो खोप लगाइनेछ ।
अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन्। “नेपाल सरकारलाई यस कोषेढुङ्गा कदमका लागि धन्यवाद दिइएको छ ।
टाइफाइड खोपको शुरुवातले बर्षौं सम्म हुम्ला जिल्ला भरीका हजारौं बालबालिकाको जीवन रक्षा सुनिश्चित गर्नेछ र बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत पुग्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् । साथ साथै यस अभियानले जीवन बचाउने खोप र अरु स्वास्थ्य सेवाबाट बन्चित बालबालिकाको पहिचान पनि गर्ने सिहले बताएका छन् ।
टाइफाइड खोपको शुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन् । बालबालिकाको स्वस्थ्य जीवनको शुरुवातको लागि खोप एक राम्रो लगानी हो। राष्ट्रब्यापी नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि सामेल गर्नाले हजारौं बालबालिकाको ज्यान बच्नेछ। कोभिड-१९ महामारीले स्वास्थ्य सेवामा ब्यापक रुपमा असर गरेको सन्दर्भमा टाइफाइड खोपको शुरुवात र नियमित खोप कार्यक्रमको सशक्तिकरण निकै समय सान्दर्भिक छ,” प्रमुख सिंहले बताएका छन् ।
त्यसै गरी हुम्ला जिल्लाको ३ वटा गाउँ पालिका मध्य सिमकोट गाउँ पालिकामा चैत २७ गतेबाट सुरु भएको हो भन्ने नाम्खा र खार्पुनाथ गाउँ पालिकामा चैत २८ गतेबाट सुरु भएको हो ।
हुम्ला जिल्लाको क्षेत्र नं क का ४ वटा गाउँ पालिकामा केहि दिन पछि उक्त खोप लगाइने भएको छ । टाइफाइट विरुद्धको भ्याक्सिन ढुवानीमा ढिलाई भएका कारण केही दिन पछि लगाइने प्रमुख सिंहले बताएका छन् । सिहका अनुसार चैत २८ गते वेलुका सम्म भ्याक्नसिन लिन कर्मचारी सिमकोट आइ पुग्ने र भोलीनै भ्याक्सिन दिएर पठाइने बताइएको छ । उक्त भ्याक्सिन खोप केन्द्रमा पुग्ने वितिकै खोप लगाउने कार्य सुरु गरिने भएको छ ।