राज शाही आइतबार, चैत्र २७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

पर्यटकीय सिजन सुरु भए सँगै हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजना र सिमकोट गाउँ पालिकाको समन्वयमा यस अघि जिल्ला सदरमुकाम सिमकोट बजार सरसफाइ गरिदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी सिता परियार हुम्लामा सरुवा भई आए संगै सिमकोट बजार सरसफाइ गर्ने कार्यले पहिलो प्राथमिकता पाएको छ । यति वेला सिमकोट बजार पहिले भन्दा केही सफा देखिन थालेको छ । बजारका होटल, पसल व्यवसायी संगै बजारमा आवत जावत गर्ने मानिसहरुले जथाभावी फोहोर फाल्न छोडेका छन् । पसलको अगाडी पसलेहरुले डस्विन राख्न थालेका छन् । आ आफ्नो घर आगन सफा गर्न थालेका छन् ।
सिमकोट बजार दुरगन्दित हुन नदिनका लागी र सिमकोट बजार सफा राख्न तथा अव्यवस्थित रुपमा फालिने फोहरमैलालाई निरुत्साहन गर्न नियमित अनुगमन गर्न तथा फोहरमैलालाई जथाभावी रुपमा सार्वजनिक स्थलमा फाल्ने कार्यलाई निरुत्साहित र फोहोर फाल्नेलाई १ हजार जरिवाना गर्न सक्ने गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजगत्वमा सरसफाई अनुगमन समिति गठन गरिएको छ ।
अनुगमन समितिले पहिलो पटक सिमकोट बजारको टोल टोलमा पुगी फोहोर नफाल्न आग्रह गर्ने र त्यसपछी घर आगन टोल सफा नगरेको पाइएमा जो जसको घर आगन फोहोर भएको हो निजलाई १ हजार रुपैयाँ जरिवान गर्न सक्ने गरि सहाक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलको संयोजगत्वमा ९ सदसीय सरसफाइ अनुगमन समिति गठन गरिएको हो ।
सो समितिमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सिमकोट गाउँ पालिका, उद्योग बाँणिज्य संघ,जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल नेपाल ४४ नं गुल्म, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, गैर सरकारी संस्थाहरु सदस्य र खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय सदस्य सचिव रहने गरी उक्त समिति गठन गरिएको हो ।
संघिय संसद छक्कबहादुर लामा,पुर्व सामाजिक विकास मन्त्री दल रावल, संविधान सभा संसद रिता शाहीको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सिता परियारको रहेको थियो । सिमकोट गाउँ पालिकाका अध्यक्ष पदमबहादुर लामा, बराहदल गुल्म रानिवन व्यारेकका सेनानी गणेश खड्का,जिल्ला सरकारी वकिल पुर्णबहादुर केसी लगाएत सुरक्षा निकायका प्रमुख लगायत पत्रकारहरुको उपस्थित रहेको थियो । बैठक विहान ८ वजे जिल्ला प्रशासन कार्यालय हुम्लामा वसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९