राज शाही शुक्रबार, चैत्र २५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो ।राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया सम्पन्न भई हुम्ला जिल्ला भर २७ जना गणक कृषि गणनाका लागि खटिने कृषि गणना कार्यालय हुम्लाका प्रमुख कर्णबहादुर क्षेत्रीले बताएका छन् । उनीहरुको सहजीकरणका लागि ७ जना सुपरिवेक्षकहरु खटिने भएका छन् ।राष्ट्रिय जनगणना पूरा भएकै वर्ष कृषि गणना गरिने प्रमुख क्षेत्रीले यसरी बताए ।
नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०/१० वर्षमा यस्तो गणना हुँदै आएको छ ।कृषि गणनाका दौरान दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने क्षेत्रीले जानकारी दिए । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको उनले जानकारी दिए । नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने क्षेत्रिले बताएका थिए ।
कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवशयक पर्ने तथ्यांक उपलब्ध हुने भएको, कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको, ऋण लिएपनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण नराखिने प्रमुख जिल्ला अधिकारी सिता परियार ले बताएकी थिइन ।
तथ्यांक विभागले २५ चैतभित्र गणक तथा सुपरी वेक्षकहरुको भर्ना सकाउने छ । २५ चैतबाट उनीहरुका लागि एक साता लामो तालिम सञ्चालन गरिन्छ । त्यसपछि फिल्डमा खटाउने तयारी कार्यालयको छ ।कार्यालयले ४५ दिनको समय राखेर गणकहरुलाई फिल्डमा खटाउने भएको छ । गणकहरुले २५ जेठमा बिदा पाउने भएकाले त्यस अगाडि नै गणनाको काम पूरा गर्ने तयारी कार्यालयको छ ।कृषि गणनामा करिब १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान छ । यसमध्ये सबैभन्दा धेरै गणकहरुको पारिश्रमिकमा हुनेछ । कृषि गणनामा लिइएका व्यक्तिगत विवरण विभागले गोप्य राखेर तथ्यांकहरु मात्र सार्वजनिक गर्नेछ ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९