हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइ गरिएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजार दुरगन्दित संगै फोहोर देखिए पछि जिल्लामा कार्यरत कर्मचारीहरुलाई विधिवद्ध ढंगले कार्यक्रमको आयोजना नै गरी बजार सरसफाइ गरिएको थियो । उक्त सरसफाइ जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्री चोक देखि काली चोक सम्म ढलमा जमेको फोहोर उठाइ बजारकमा छरियर रहेका फोहरहरु जम्मा गरी बोरामा प्याग गरिएको थियो ।
सरसफाइ कार्यक्रमको माननिय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले फोहोर उठाइ उत्घाटन गरिएको थियो । सोही सरसफाइ कार्यक्रममा फोहोर बजारमा फालिदा विभिन्न खाले रोग लाग्नुका साथै बजार दुरगन्दित हुने जसले गर्दा पर्यटकहरुको आगमनमा कमी आइ जिल्लाको आयश्रोतमा कमी संगै रोजगारीको अवसरमा पनि कमी आउने जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले बताएका थिए ।
बजारबाट उठाइएको फोहोर सिमकोट गाउँपालिकाले ट्याक्टरको व्यवस्था गरी फोहोर डम्पीङ साइडमा व्यवस्था गरिएको पुर्वधार विकास कार्यालय प्रमुख देवि ऐडी यसरी बताएका छन् ।।
बजारमा फोहोर फाल्ने स्थानियवासी मुख दर्सक भएको र जिल्ला बाहिरका कर्मचारी सुरक्षाकर्मीले बजार सरसफाइ गरेको, अव देखि बजारमा फोहोर फाल्नेलाई १ हजार रुपैयाँ जरिवाना गरिने र बजारमा फोहोर फाल्दा देखि त्यस्ता व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय, सिमकोट गाउँ पालिका र जिल्ला प्रशासन कार्यालयमा बुझाउनेलाई १ हजार पुरुष्कार व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी थिइन ।
कर्मचारी, सुरक्षाकर्मी लगाएतले बजार सरसफाइ गरि रहेको वेला स्थानियवासी होटल पसल व्यवसायी मुखदर्सक भई बसेको देखिन्थो ।