राज शाही शनिबार, चैत्र १२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

कर्मचारी मिलन केन्द्रको साधारण सभा संचालन भएको छ । वनभोज कार्यक्रमको आयोजना गरी साधरण सभा संचालन भएको हो । राष्ट्रिय बाँणिज्य बैंङ्क प्रवन्धक सविता शाहीको अध्यक्षतामा १३ सदसिय कर्मचारी मिलन केन्द्र जिल्ला कार्य समिति चयन गरिएको छ ।

जसमा अध्यक्ष सविता शाही, उपाध्यक्ष कारागार कार्यालय प्रमुख डवले रावत,सचिव जिल्ला मालपोत कार्यालय प्रमुख रविन्द्र शाही, कोषाध्यक्ष कोष तथा लेखा नियन्त्रण कार्यालयका रामदत्त पाँण्डे, सह सचिव साल्ट ट्रेनिङ कर्पोरेसनका प्रमुख राजबहादुर लामा, सदस्यमा वन डिभिजन कार्यालय प्रमुख रेनुका न्यौपाने, जिल्ला स्वास्थ्य सेवा कार्यालय वरिष्ठ अनमी सरिता बोहरा, सिमकोट गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, तेजेन्द्र बहादुर शाही,  विषन रोकाया लगाएतका रहेका छन् ।

त्यसै गरी सोही साधरण सभाले ५ सदसिय सल्लाहकार समिति चयन गरेको छ । जसमा जिल्ला समन्वय अधिकारी  भिमबहादुर रोकाया, ब्राहदल गुल्मका गुल्मपति गणेश खण्डका, नेपाल प्रहरी प्रमुख र नाम्खा गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने लगाएतका रहेका छन् ।

सो साधारण सभाको अध्यक्षता नाम्खा गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत एव कर्मचारी मिलन केन्द्रका निवर्तमान अध्यक्ष धर्मराज न्यौपानेको र प्रमुख आतिथ्यमा हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेल, विशेष आतिथ्य प्रमुख जिल्ला अधिकारी सिता परियार, नेपाली सेना ब्राहदल गुल्मका गुल्मपती गणेश खड्का र आतिथ्यमा नेपाल प्रहरी प्रमुख हेरम्भ सर्मा, सरकारी वकिल पुर्णबहादुर केसी ससत्र प्रहरी वल नेपाल ४४ नं गुल्मबा ससत्र प्रहरी नायव उपरिक्षक गेहेन्द्रबहादुर भण्डारीको रहेको थियो ।

कर्मचारीका पिरमर्का विसाउने ठाउँ कर्मचारी मिलनकेन्द्र हो, कर्मचारीको एक पासमा सदभाव भातृत्व कायम गर्ने थलो कर्मचारी मिलन केन्द्र भएकाले यसको सही सदुउपयोग, संरेक्षण, सम्बर्धन गर्नु कर्मचारीको दाइत्वय भएको भन्दै सोही कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले  आफ्नो भनाइ राखेका थिए ।

कर्मचारीको हकहितका लागी बुलन्द आवाज उठाउने थलो कर्मचारी मिलन केन्द्र हो । यसमा आइ पर्ने समस्याको समाधानका लागी आफु जहिले पनि जाँहा पनि लाग्न तत्पर रहेको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी थिइन ।

कर्मचारी मिलन केन्द्रले सिर्जनसिल कार्यमा लाग्नु पर्ने, हुम्ला जिल्लालाई आफ्नो घर मानि कर्मथलो सम्जी यहाँको विकासमा समरपीत हुनु पर्ने सोही कार्यक्रमका अध्यक्ष एव नाम्खा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले आफ्नो भनाइका क्रमा बताएका थिए ।

सोही साधारण सभामा  मालोपत कार्यालय प्रमुख रविन्द्र शाहीले आय वेय प्रस्तुत गरेका थिए । उक्त साधारण सभा भव्य र सव्यरुपमा शनिवर जिल्लाका सरकारी कार्यालयमा कार्यरत कर्मचारीको उपस्थितमा सम्पन्न भएको हो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९