कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला पुग्नु भएको छ । शुक्रबार बिहान हुम्ला आउनु भएको मुख्यमन्त्री शाहीको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, स्वास्थ्य महाशाखाका प्रमुखलगायतको सहभागिता रहेको छ।मुख्यमन्त्रीको टोलीलाई सिमकोट विमानस्थलमा स्वागत गरिएको छ। मुख्यमन्त्री भएपछि दोस्रोपटक हुम्ला पुग्नुभएका शाहीले शुक्रबारबाटै जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको छ।
उहाँले जिल्लाका सात वटै गाउँपलिकाका योजना शाखा र शाखा प्रमुखहरुको लागि सञ्चालन हुने योजना तर्जुमा, मध्यकालीन खर्च र दिगो विकास लक्ष्यसम्बन्धी तालिमको उद्घाटन गर्नु भएको थियो । त्यसलगत्तै मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्यकर्मीहरुको तालिमको समेत उद्घाटन गर्दै मुख्य मन्त्री शाहीले यसरी आफ्नो भनाइ समेत राख्नु भएको थियो । शुक्रबार नै मुख्यमन्त्री शाहीले रोजगार कार्यक्रमको अन्तरक्रिया कार्यक्रममा पनि सहभागीता जनाउनु भएको थियो ।
शनिबार जिल्ला अस्पताल हातामा निर्माण हुने नयाँ अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।त्यस्तै छोरीको बैंक खातासम्बन्धी कार्यक्रममा मुख्यमन्त्री शाहीले सहभागिता जनाउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ।त्यसैगरी गाउँपालिकाका प्रमुख र उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा निर्देशन दिने कार्यक्रमसमेत गरिएको छ।
जिल्लास्थित सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रमसमेत तय भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।दुईदिने हुम्ला भ्रमणपछि मुख्यमन्त्रीको टोली आइतबार सुर्खेत फिर्ता हुने उनले बताइन्।त्यसै गरी हेड नेपालको निरिक्षण तथा अनुगमन समेत गरिएको शनिवार गरीएको छ ।