Mansarowar Times मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

एजेन्सी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड– १९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका छन् । उक्त पत्रमा सो निकायले तीस दिनभित्र ‘उल्लेख्य सुधारहरू’ गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनिएको छ ।

ट्रम्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्र आफ्नो ट्वीटमा सार्वजनिक गरेका हुन् । उक्त पत्रमा ट्रम्पले संगठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै भनिएको छः ‘वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक बेवास्ता गर्‍यो ।’

राष्ट्रपति ट्रम्पले संगठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै यसको लागि ुअबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनुु भनेका छन् ।उनले संगठनले ठूलो र ठोस प्रगति देखाउन नसके अमेरिकी सहयोग नदिने अस्थाथी निर्णयलाई स्थायी बनाउने र आफ्नो देशको सदस्यताबारे पुनर्विचार गर्ने बताएका छन् ।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन ‘चीनको कठपुतली’ भएको आरोप लगाएका छन् । विश्व स्वास्थ्य संगठनको निर्णायक निकाय वर्ल्ड हे्ल्थ असेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन् । राष्ट्रपति ट्रम्पले गत महिना नै विश्व स्वास्थ संगठनलाई दिँदै आएको पैसा रोक्का गर्ने घोषणा गरेका थिए ।

अमेरिका विश्व स्वास्थ्य संगठनलाई धेरै पैसा दिने सबैभन्दा ठूला देशहरूमध्येमा पर्दछ । गत आर्थिक वर्षमा अमेरिकाको आर्थिक योगदान सो संगठनले प्राप्त गर्ने रकमको १५५ भन्दा केही कम थियो । – बीबीसीबाट साभार

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९