राज शाही शनिबार, फाल्गुण १४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगतको आबश्यकता परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ । अस्पतालमा ब्लड बैंक स्थापना भएको भएपनि त्यसका लागि आबश्यक व्यवस्थापन हुन नसकेको कारण बिरामीलाई रगतको आबश्यकता परे सुरक्षाकर्मीको भर पर्नु परेको हो ।

बिरामी छोरालाई रगतको आबश्यकता परेपछि सुरक्षाकर्मीको शरणमा पर्नु परेको खार्पुनाथ गाउँपालिका–४ को लेख गाउँका नन्द बहादुर जेठाराले बताउदै बिरामी बचाउने कार्यमा सुरक्षाकर्मी सहयोगी हुने  बताएका छन। उनको बिरामीले थला परेको छोरा शिबराज जेठरालाई आबश्यक रगत प्रहरीले अस्पतालमै गएर उपलब्ध गराएका थिए ।
स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले वर्षेनी रुपमा अस्पतालमा भर्ना भएका बिरामीलाई आबश्यक पर्ने रगत उपलब्ध गराउने कार्य नेपाली सेनाको बराहदल गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सुरक्षाकर्मी ले गर्दै आएको बताए । उनले रगतको आबश्यक पर्ने बित्तिक्कै अस्पतालले नै सुरक्षा निकायलाई खबर गर्ने र उताबाट पनि तुरुन्तै आएर रगत उपलब्ध हुने गरेको सिंहले बताएका छन ।

बिरामीका आफन्तले रगतको व्यवस्था जिल्लामा गर्न नसक्ने, अन्य सामाजिक कार्य गर्ने निकायहरु पनि कम भएको कारण रगतको आबश्यकता पर्ने बित्तिक्कै सुरक्षा निकायलाई गुहार्नु पर्ने बाध्यता रहेको छ । यो वर्षको पहिलो रगत प्रहरीबाट उपलब्ध भएको बताउदै उनले अघिल्ला दुई वर्षमा क्रमश तीन र चार जना सुरक्षाकर्मीले रगत दिएर बिरामीको ज्यान बचाएको बताएका छन ।

उनले अस्पतालमा ब्लड ब्याङ्क भएपनि त्यसलाई सञ्चालन गर्ने तालिम प्राप्त जनशक्ति नहुँनु र रगतलाई व्यवस्थापन गरेर राख्ने रेफ्रिजेनेटर भए पनि रापक्रमका कारण बैंक सञ्चालनमा नआएको सिहले बताएका छन् ।

 

 

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९