हुम्लाबाट चार दिनको अन्तरमा दुई जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरिर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रशब बेथा लागेकी महिला पनि उद्धार गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले शनिवार बिहानै चंखेली गाउँपालिका–४ को तल्लोपालीकी तीन दिनसम्म प्रशब बेथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए ।
यसरी सुत्केरी हुन नसकेकी महिलामा २५ वर्षीया लालकला बोहरा रहेकी छन् । फागुन चार गतेदेखि बेथा लागेको भएपनि सुत्केरी हुन नसकेपछि शनिवार बिहान मात्र उनलाई स्वास्थ्य चौकीमा ल्याएको भएपनि जटिल केश भएको कारण हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत उद्धार गर्नु परेको हो ।
उनले बिहानै गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेलिकोप्टर झिकाउन सफल भएर बेथाले छटपटिएकी बोहराको ज्यान बचाउन सफल भएको बताए । बेथा लागेकी बोहराको बच्चाको हात पहिले नै बाहिर निस्केको कारण केश जटिल भएकोले जिल्लाका उपचार गर्न नसकिने भएपछि बाहिर रिफर गर्नु परेको हो । सुत्केरी हुन नसकेकी बोहराका श्रीमान गोर्ख बोहराले सरकारी प्रयासले मात्र श्रीमतिको ज्यान जोगाउन सकिएको बताए । उनले सायद सरकारी सहयोग नभएको भए आफु हेलिकोप्टर झिकाउन नसक्ने भएको कारण श्रीमतिको मृत्युको बिकल्प नभएको बेला सरकारी सहयोग श्रीमति बाँचेकोमा सहयोगी हातलाई धन्यवाद दिए । बेथा लागेकी महिलाको सुर्खेत उद्धार गरि सुर्खेत अस्पतालमा अप्रेशन हुँदा शिशुको भने मृत्यु भएको खवर प्राप्त भएको छ ।
आमाको स्वास्थ्य भने सुधारउन्मोख रहेको जनाईएको छ । चारदिन अगाडी गत फागुन ५ गते खार्पुनाथ गाउँपालिका–२ को थाली गाउँकी सुत्केरी भएर शरिर सुनिएर स्वासप्रस्वासमा समस्या आएकी जानसा रावलको उद्धार गरिएको थियो । २०७८ सालमा यसअघि दुई जना बेथाले थलिएकी गर्भवती महिलाको उद्धार गरेर ज्यान बच्न सफल भएको थियो ।