राष्ट्रियता, लोकतन्त्र, समाजबाट भन्ने मुल नाराका साथ विचार गोष्ठी संचालन भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस वडा इकाइको आयोजनामा संगठन सुद्धढीकरण गर्न वडाको भुमिका बिचार गोष्ठी शनिवार जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको छ ।
विचार गोष्ठीका अध्यक्षता नेपाली काँग्रेस सिमकोट गाउँ पालिका वडा नं ५ का वडा इकाइ सभापति कुल रावतको र प्रमुख आतिथ्य नेपाली काँग्रेस जिल्ला पाटी सभापति मोहन विक्रम सिहको रहेको र विशेष आतिथ्यमा नेपाली काँग्रेसका द्धय उपसभापती वसन्त रोकाया कैलास भण्डारी लगाएतको रहेको थियो ।
नेपाली काँग्रेसका शुभेछुक संस्था विपिचिन्तन प्रतिष्ठनका जिल्ला अध्यक्ष मधु बस्नेत शाही नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलास रोकाया ट्रेड युनियनका जिल्ला अध्यक्ष राजन रावत नेपाल काँग्रेस क्षेत्र नं खका सभापति तक्दिर लामा नेपाली काँग्रेसका प्रदेश पार्सद र माहाधिवेसन प्रतिनिधि पार्सदको उपस्थित रहेको थियो ।
नेपाली काँग्रेस हुम्लाको भात्री संगठन तरुण दलका अध्यक्ष लोक्जन रावतको उत्घोणमा संचालन भएको कार्यक्रममा सिमकोट गाउँ पालिका ८ वटै वडाका नेपाली काँग्रेस वडा इकाइ सभापति तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
संगठन सुद्धढीकरण गर्न वडाको भुमिका विषय विचार गोष्ठीमा जनताको नेतृत्व गर्न नेताले जनताको सुख दुखका कुरा बुझ्न जनताको घरदैलो टोल टोलमा जानु पर्ने, नेपाली काँग्रेस पाटीले वेला वेलामा नेपाली काँग्रेसका वडा इकाइ देखि जिल्ला तह सम्मका नेता तथा कार्यकर्तालाई पाटी विचार सिदान्त निति रणनितिका बारेमा परिशिक्षण गराउनु पर्ने र वड तह देखि जिल्ला तह सम्मका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता शुभेच्छुकहरुलाई नेपाली काँग्रेसको विचार दिन सक्ने बनाउनु पर्नेमा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलास रोकायाले बताएका थिए ।
नेपाली काँग्रेसको वडा तह देखि पदेश हुदै जिल्ला सम्मको संगठन सुदिढीकरण सँगै आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रम संचालन गर्नु पर्ने,त्यसै गरी नेपाली काँग्रेसका शुभेच्छुक संस्थालाई संरक्षण गर्दै र आफुलाई सुदिढीकरण गर्दै पाटीको संगठनलाई पनि सुदिढिकरण गर्नमा नेपाली काँग्रेसले जोड दिनु पर्ने भनाइ राख्दै नेपाल कर्मचारी युनियनका जिल्ला अध्यक्ष विशाल बोहराले यसरी बताएका थिए ।
जिल्ला चुनावको मावलमा अगाडी वढ्दै गरेको अवस्थामा अव नेपाली काँग्रेसका वडा तह देखि जिल्ला हुदै केन्द्र सम्मका संघ संगठनहरुलाई सुद्धढीकरण लैजानु आजको सान्दर्भिकता रहेको र वडा देखि केन्द्र सम्मका संगठनलाई नेपाली काँग्रेसले चलायमान बनाउनु पर्ने नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष राजन रावतले बताएका थिए । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको वोली र व्यवहार एकै हुनु पर्ने, नेपाली काँग्रेसल आफ्ना विचार र एजण्डा लिएर गाउँ गाउँ जानु पर्ने नेपाली काँग्रेस हुम्ला क्षेत्र नं ख का सभापति तक्दिर लामाले बताएका थिए ।
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता विचारमा कम्जोर नभएको थोरै परिशिक्षण नहुदा बोली प्रस्फोटन हुन नसकेको मात्र हो । बिचारलाई बोलिमा प्रष्फोटन गराउनका लागी नेपाली काँग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई प्ररिशिक्षण कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहीले बताएकी थिइन।
नेपाली काँग्रेसको चौधौ माधिवेसनबाट हुम्ला जिल्लामा वडा देखि जिल्ला सम्म संरचना तयार भएका छन् ति संरचना कतिको चलायमान छन् सोही अनुसार पाटी चल्ने हो ।संगठन वलियो भए पाटी वलीयो हुन्छ पाटी बलीयो भए नेपाली काँग्रेस जन पनि वलियो हुने हो, नेपाली काँग्रेस सिजनले होइन भिजनले चल्नु पर्ने नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले बताएका थिए ।त्यसै गरी सोही कार्यक्रममा नेपाली काँग्रेसका उपसभापती कैलास भण्डारीले नेपाली काँग्रेसलाई वलियो बनाउन वडा देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ता एक हुनु पर्नेमा जोड थिए ।
नेपाली काँग्रेसको वडा देखि केन्द्र सम्मका अधिवेसनमा विभिन्न बिचारका व्यक्तित्व चुनिएका छन् , कुनै वडा जिल्लामा सहमतीमा नेतृत्वय चयन भएको छ । पाटी भित्रको आन्तरिक चुनाबमा हार जित हुन्छ एक अर्कामा सम्मान गर्न सिक्नु पर्ने, जिल्लाका विभिन्न गाउँ टोलमा गठन भएका नेपाली काँग्रेस वलियो भएमा गाउपालिका प्रदेश जिल्ला वलियो हुने विचार नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहले वताएका थिए ।
नेपाली काँग्रेस सिमकोट गाउँ पालिका वडा नं ५ को आयोजनामा संचालित कार्यक्रम जस्तै अन्य वडामा भएको खण्डमा नेपाली काँग्रेसका विचार विधि पदती निति रणनितिका बारेमा जनतालाई बुझाउन सहज हुने नेपाली काँग्रेस सिमकोट गाउँ पालिका वडा नं ५ का वडा इकाइ सभापति कुल रावतले यसरी बताएका थिए ।
विचार गोष्ठी कार्यक्रम शनिवार दिउसो १२ बजेबाट विपिचिन्तन प्रतिष्ठानको कार्यालयमा संचालन भएको थियो । त्यसै गरी नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघका पुर्व अध्यक्ष रिठे सुनार महाधिवेसन प्रतिनिध शसिला रोकाया हुम्ला जिल्ला प्रदेश नं ख का कोषाध्यक्ष सरिता जेठारा लगाएतकाले आ आफ्नो मन्तव्य राखेका थिए ।