राज शाही बुधबार, माघ १२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

अपाङग दलित दम्पतीलाई नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुखद्धारा  निजि आर्थिक सहयोगमा खाध्यन्न उपलब्ध गराइएको छ । खाध्यन्न पाउँनेमा सिमकोट गाउँ पालिका वडा नं ५ निवासी कालु कामी र सौरी कामी रहेका छन् ।

श्रीमान कालु कामको १ हात र १ खुट्टा नचल्ने अवस्थामा छन् भने श्रीमती सौरी कामी प्यारालाइसीस भएर दुबै खुट्टा चल्दैनन् । उनीहरु आफ्नै घरको कटेरोमा रहेको ओछ्यानमा वर्षऔ देखि थुप्रियर बसेका छन् । यसै समस्यालाई मध्यनजर रही उनको आर्थिक अवस्था दयनीय देखि नेपाल खाध्य व्यवस्था तथा व्यापारी कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाका प्रमुख कृष्ण प्रसाद अधिकारीले ३० केजी चामल आफ्नो निजी खर्चमा सहयोग गरेको नेपाल पत्रकार महासँघका पुर्व अध्यक्ष मिम सिंह नेपालीले बताएका छन् ।

अपाङ्ग दम्पती हिडेर खाध्य संस्थानमा आउन नसकेपछि निजका कान्छा छोरा मेघराज कामीलाई उक्त चामल नेपाल खाध्य संस्थान प्रमुख अधिकारीले हस्तान्तरण गरेका थिए। छोरा छोरी भए पनि बाबु आमा बाट अलग बस्दै आएको र निजहरुको पनि आर्थिक अवस्था कम्जोर भएकाले बाबु आमालाई संधै मिठो मसिनो खुवाउन सक्ने अवस्था नरहेको पाइएको छ । हाल अपाङ्ग दम्पती अलगै बस्दै आएको पत्रकार मिम सिंह नेपालीले बताएका छन् ।

यस अघि सामुदायीक रेडियो कैलासले निज अपाङ्ग दम्पतीको बारेमा समाचार प्रसारण गरेपछी अहिले निजहरुलाई सहयोगी हातहरु बढ्दै गएका छन् । यो हिमपात भएको वेला र घरमा खाना खाने अन्न समेत नभएका बेला ३० केजी निजी सहयोगमा खाध्यन्न उपलब्ध गराउने नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रमुख अधिकारीलाई अपाङ्ग दलित दम्पतीले हिदय देखि आभार प्रकट गर्दै प्रगतीका पाइला चुम्दै जावस भन्ने कामना व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९