हुम्ला
नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । वैठकमा शुभेछुक संस्थाका प्रमुखहरुको पनि सहभागीता रहेको थियो । वैठकमा आफ्ना विचार राख्ने वक्ताहरुले काँग्रेसको संगठन विस्तार गर्नु पर्ने, काँग्रेस पार्टीलाई सुद्धढीकरण नेपाली काँग्रेस जनताको घर दैलोमा पुगी जनाता सुवाउदा कार्यक्रम संचालन गर्नु पर्ने, जनताका पिर मर्कालाई आत्म साथ गर्नु पर्नेमा जोड दिएका थिए ।
सिमकोट गाउँ पालिकाका ५ वटा नेपाली काँग्रेस वडा इकाइ सभापतीको सहभागीता रहेको कार्यक्रममा नेपाली काँग्रेसको मुख्य खम्बा नै वडा सभापति भएकाले जनताको घरदैलो कार्यक्रलाई प्राथामिकता दिई जनताका सुख दुखमा साथ दिनु पर्नेमा जोड गरिएको थियो । त्यसै गरी नेपाली काँग्रेसले हुम्ला जिल्लाका ४४ वटै वडामा रहेका जनताले अहिले विश्वभर फैलिएको कोरोना माहामारी विरुद्धको खोप पाए पाएनन् र कोरोना विरुद्ध जनचेतना मुलक कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाइ संचालन गर्नु पर्ने र जनतालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गर्नु पर्ने विषय माथि छलफल गरीएको थियो । जसका लागी नेपाली काँग्रेसका वडा इकाइ सभापति परिचालन गर्नु पर्नेमा शुभेछुक संस्थाका प्रमुखहरुले सुझाव दिएका थिए ।
काँग्रेसजनहरुले पार्टीलाई सत्तामा पुर्याउन, पाटीलाई अग्रपंङतीमा राख्नका लागी वडा स्थर देखि काँग्रेसजनहरुले जनतासँग सुमधुर सम्बन्ध कायम राख्न नेपाली काँग्रेस पाटी सदैव लागी परेको, जनताका अवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा, वेरोजगारी र विकासलाई काँग्रेसले पहिलो प्राथामिकतामा राखेको नेपाली काँग्रेस जिल्ला पाटी कार्यवाहक सभापती वसन्त रोकायाले वताएका थिए ।
नेपाली काँग्रेसको सातौ जिल्ला अधिवेसनको पहिलो वैठकले नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नियमित वैठकमा ३ पटक उपस्थित नहुने जिल्ला कार्यसमितिका पदाधिकारीलाई हटाउने जो निर्णय थियो त्यो कार्यान्वयन गर्नु पर्ने, जिल्ला अधिवेसनमा नेपाली काँग्रेको आन्तरिक चुनावी प्रतिसपर्दामा भएका मनमुटावलाई हटाउदै अव सुवार्दपुर्ण बातावरण बनाउनु पर्ने, योजनाहरु जसका लागी आएका हुन सम्बन्धीत व्यक्तीले पाउनु पर्ने, व्यक्ती बन्ने भन्दा पनि संगठन बन्ने, जनता बन्ने बातावरण नेपाली काँग्रेसले तयार गर्नु पर्ने नेपाल ट्रेडयुनियनका जिल्ला अध्यक्ष राजन रावतले राखेका थिए ।
काँग्रेसले शुभेछुकलाई प्रतिपक्ष नसम्झी एक विचार प्रदायक संस्था हो भन्ने बुझ्नु पर्ने, जिल्लाका ४४ वटै वडाका नेपाली काँग्रेसका पदाधिकारीलाई परिशिक्षण गराउनु पर्ने, आफ्नो अर्काको नभनी नेपाली काँग्रेसले विचारको राजनैतिक गर्नु पर्नेमा विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहीले बताएकी थिइन ।
नेपाली काँग्रेसले वडा स्तरबाटै जनताका आवश्यकता पहिचान गरी बास्तीविक लक्षित वर्गलाई सुवाउदो कार्यक्रम योजनाहरु संचालन गर्नु पर्ने, जनताका आवश्यक्ता पहिचान गर्नमा नेपाली काँग्रेसका वडा इकाइ सभापतिको मुख्य भुमिका भएकाले उनीहरुलाई परिचालन गर्नु पर्ने, नेपाली काँग्रेसका विचार जनता समक्ष प्रष्ट गर्नका लागी नेपाली काँग्रेसले प्रशिक्षणका कार्यक्र संचालन गर्नु पर्ने नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलास रोकायाले यसरी बताएका थिए ।
उक्त बैठक सोमबार दिनको २ बजे विपि चिन्तन प्रतिष्ठानको भवनमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्यबाहक सभापति बसन्त रोकायाको सभापतित्वमा संचालन भएको थियो ।