हुम्ला
आज थप २७ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाका प्रवक्ता डा विकास देवकोटाका अनुसार काठमाडौँमा ३ र भक्तपुर तथा ललितपुरमा एकएक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर, रामेछाप, सिन्धुली र लमजुङका एकएक जनामा र कपिलवुस्तका चार अनि नवलपरासीका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा देवकोटाले जानकारी दिनुभयो ।