हुम्ला
ठुलो मान्छे होइन असल मान्छे बनौ भन्ने मुल नाराका साथ ४६ औ मेलमिलाप दिवश २०७८ हुम्ला जिल्लामा भव्यरुपमा मनाइएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा माइन १२ डिग्री तापक्रममा पनि ४६ औ मेलमिलाप दिवस मनाइएको हो । विपी चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा र नेपाली काँग्रेसका पाटि सचिव कृष्णबहादुर बोहराको प्रमुख आतिथ्यमा उक्त दिवश सुक्रबार विहान ८ बजे विपि चिन्तन प्रतिष्ठानको भवनमा मनाइएको हो ।
प्रजातान्त्रिक आन्दोलन र संघर्षहरूलाई एकाएक रोकी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्कने बीपी कोइरालाको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । भारतको बनारसमा एक बिहान सधैंझैं पारिवारिक चियापानमा बीपीले जब स्वदेश फर्कने कुरा सुनाए, राष्ट्रिय मेलमिलापको नीतिप्रति अनेक अफवाह फैलाइए । कतिपयले ‘राजासमक्ष आत्मसमर्पण’ भने । यस्तो भन्नेमध्ये अधिकांश वामपन्थी थिए । कतिपयले भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएपछिको बाध्यात्मक परिस्थितिको उपज ठाने । पञ्चहरूको एउटा समूहले त बीपीलाई ‘फाँसी दिनुपर्छ’ भनी पञ्च भेलाबाट प्रस्ताव नै पारित गरेको थियो भन्ने भनाइ विपि चिन्तन प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक राजबहादुर वुढाले बताएका थिए ।
बीपी दक्षिण एसिया ‘अशान्त क्षेत्र’ बन्दै गएको निष्कर्षमा पुगेका थिए । त्यतिखेर उनको विश्लेषणप्रति प्राय: सहमत देखिन्थेनन् ।उनको विचारमा, राजाले आफू सुदृढ रहेको महसुस गरेका थिए । विदेशमा पनि राजाको स्थिति बलियै मानिन्थ्यो । त्यस्तै, भारतमा इन्दिरा गान्धी एकदम बलियी थिइन् । यस क्षेत्रमा जो–जो शक्तिशाली देखिन्थे, एक–एक गर्दै या त चुनाव हारे या सत्ताबाट हटाइए या हत्या गरिए या फाँसीमा चढाइए । यिनै सन्दर्भलाई बीपीले गम्भीरताका साथ लिन सजग गराएका थिए भन्दै विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्ने शाहीले बताएकी थिइन ।
हाम्रो देश अहिले राष्ट्रिय संकटमा छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति थियो, आज यसमा एउटा नयाँ आयाम थपिएको छ, नेपाली कांग्रेसलाई दोहोरो जिम्मेवारी आइपरेको छ। ’ त्यसैले राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्तिहरूबीच राष्ट्रिय मेलमिलापका लागि उनले अपिल गरेका थिए । त्यसैलाई पञ्चहरूको उग्रपक्षले पनि विरोध गरेको थियो भन्ने भनाइ नेपाल कर्मचारी युनियनका जिल्ला अध्यक्ष विशाल वोहराले बताए ।
नयाँ परिस्थिति अनुरूप, नयाँ राजनीतिक दृष्टिकोण उत्पन्न गर्ने उद्देश्यले (स्वदेश) फर्किंदै छु ।’ उनको ‘हामी हाम्रो सिद्धान्त, आदर्श र मूल्य–मान्यतामा सम्झौता गर्दैनौं, तर हाम्रो विचार अनुरूप लक्ष्यप्राप्तिको उपायका सम्बन्धमा विचार गर्न सक्छौं’ उक्तिबाट स्पष्ट हुन्छ, उनको स्वदेशफिर्ती विरोधीहरूले प्रचार गरे जस्तो राजासँगको आत्मसमर्पण थिएन । राष्ट्रमा संकट नआओस् भनेर राष्ट्रिय एकताका निम्ति उनको विवेकले ठहर गरेको निर्णय थियो नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलास रोकायाले बताए ।
‘प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । मलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।’ निर्दलीय व्यवस्थाको चरमोत्कर्षमा उनको यस्तो विश्लेषणलाई धेरैले हल्का ढंगले लिएका थिए । समय बित्दै जाँदा उनका भनाइ, तर्क र भविष्यवाणी बेजोड साबित भए, भइरहेका छन् । उनको व्यक्तित्व, तीक्ष्ण बौद्धिकता, राजनीतिक सोचलाई (बीपी) एकसाथ राजनीतिशास्त्री, राजनेता र नीतिद्रष्टा थिए भन्दै नेपाल पत्रकार महासंघ हुम्लाका कार्यवाहक अध्यक्ष राज शाहीले आफ्नो भनाइ यसरी राखेका थिए ।
उक्त कार्यक्रममा बोल्ने वक्ताले विपिको मेमिलाप निती अहिले पनि सान्द्रभिक भएका वताएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका शुभेछुक भात्री तथा भेगेनी संस्थाका पदाधिकारीको उपस्थित रहेको थियो ।