राज शाही मंगलबार, मंसिर ०७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा मंसिर २० गतेबाट अर्धबार्षिक परिक्षा संचालन हुने भएको छ ।मंसिर २० गते अर्धवार्षिक परिक्षा हुनेमा खार्पुनाथ गाउँ पालिकाका विद्यालय रहेका छन् ।

मंसिर ६ गते खार्पुनाथ गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले मंसिर २० गते अर्धवार्षिक परिक्षा संचालन गर्ने, पौष ६ गतेबाट मिन पचास विदा गर्ने र माघ २० गतेबाट विद्यालय संचालन गर्ने निर्णय गरेको खार्पुनाथ गाउँ पालिका शिक्षा शाखा निमित्त प्रमुख ललितजंग शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिकामा जम्मा १७ वटा विद्यालय रहेका छन् । जस मध्य माध्यामिक विद्यालय ५ र आधारभुत विद्यालय १२ वटा रहेका छन् । खार्पुनाथ गाउँ पालिका वडा नं १ मा मालिका माध्यामिक विद्यालय लाली, १ वटा माध्यामिक विद्यालय र ३ वटा आधार भुत विद्यालय रहेका छन् । त्यसै गरी सोही गाउँ पालिका वडा नं २ मा संकर माध्यामिक विद्यालय थाली १ वटा माध्यामिक विद्यालय र १ वटा आधारभुत विद्यालय रहेको छ ।खार्पुनाथ गाउँ पालिका वडा नं ३ रायामा हुम्ला माध्यामिक विद्यालय राया १ वटा माध्यामिक विद्यालय र १ वटा आधारभुत विद्यालय रहेको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा सिता माध्यामिक विद्यालय छिप्रा १ वटा माध्यामिक र ३ वटा आधारभुत विद्यालय रहेका छन् । सोही अनुसार सोही गाउँ पालिका वडा नं ५ मा मान्धारा माध्यामिक विद्यालय भकुन्ट माध्यामिक विद्यालय १ वटा र आधारभुत विद्यालय ४ वटा रहेको निमित्त कार्यालय प्रमुख शाहीले बताएका छन् ।

मंसिर ६ गते खार्पुनाथ गाउँ पालिका भरीका विद्यालयमा कार्यरत प्रधानाध्यापक र गाउँ पालिका शिक्षा शाखा बीच बसेको वैठकले उक्त गाउँ पालिकामा रहेका ३४ वटा बालविकास मध्य ७ वटा बालविकासलाई नमुना  बालविकास केन्द्र बनाउने निर्णय गरीएको निमित्त शिक्षा प्रमुख शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९