मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना भन्ने मुल नाराका साथ ४ दिने गणक तालिम सुरु भएको छ । हिमाली जिल्ला हुम्लाको २ ठाउँमा एकै साथ सुरु भएको गणकको तालिमलाई सिमकोटमा प्रमुख जिल्ला अधिकारी र सर्केगाडमा इलाका प्रशासन कार्यालय प्रशासक भिमबहादुर रोकायाले उत्घाटन गरेका हुन ।
३ वटा गाउँ पालिकालाई लक्षित गरी संचालन भएको गणक तालिमको सिमकोटमा अध्यक्षता प्रमुख जिल्ला अधिकारी र प्रमुख आतिथ्य जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको रहेको थियो । सर्केगाड गाउँ पालिकामा संचालन भएको गणक तालिमको अध्यक्षता इलाका प्रशासक भिमबहादुर रोकायाको र प्रमुख आतिथ्य सोही गाउँ पालिका अध्यक्ष कृष्ण रोकायाको रहेको थियो ।
अदानचुली, ताँजाकोट,चंखेली र सर्केगाड गाउँ पालिका ४ वटा गाउँपालिका गणकलाई लक्षित गरी सर्केगाडमा र सिमकोट, खार्पुनाथ नाम्खा ३ वटा गाउँ पालिकाका गणकलाई लक्षित गरी सदरमुकाम सिमकोटमा गणकहरुको तालिम संचालन भएको र यस अघि संचालन गर्ने भनिए पनि कोरोना कहरका कारण केही महिना पछि सरी आजबाट संचालन भएको, गणकहरुले कार्तिक २५ गतेबाट आफ्नो काम सुरु गर्ने, नाम्खा गाउँ पालिकामा गणकको संख्या ७ जना भए पनि हिमाल पारीको गाउँ जान भौगोलिक विकट भएको र यो समयमा हिमपात भएकाले ८ जना गणकको संख्या रहेको जिल्ला जनगणना प्रमुख विनोद भट्टले बताएका छन् ।
खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले आफ्नो गाउँ पालिकामा आउने गणकलाई वडा अध्यक्ष, सदस्य लगाएत कर्मचारीहरुसँग समन्वय गरी आफ्नो गाउँ पालिकाको यथार्थ वस्तुनिष्ट तथाङक संकलन गर्नमा सहयोग गर्ने प्रतिवद्धता सोही कार्यक्रममा व्यक्त गरेका थिए ।
जिल्ला समन्वय प्रमुख दानबहादुर रावतले सत्य तथ्य तथ्याङक गणकहरुले नल्यायमा निति निर्माणमा राष्टलाई घाटा हुने हुनाले गणकले अल्छी नमानी स्थानिय नागरिकको घर दैलोमा पुगी यथार्थ विवरण संकलनमा जोड दिएका थिए ।गणकहरुले अल्छी मानी एक ठाउँमा वसेर जनगणना गर्न नहुने स्थनिय वासीको घरदैलोमा पुगी यथार्थ विवरण संकलन गर्नु पर्ने प्रमुख रावतले बताएका थिए ।
राज्यले गणकलाई तोकेको काम केहो,आफुले गर्नु पर्ने काम केहो, कहाँ कसरी गर्ने भन्नेबारेमा पुर्णरुपमा जिम्मेवारी भएर गर्नु पर्ने, काममा बफादारी इमान्दार र लगनशिल भएर गर्नका लागी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जोड गरेका छन् । त्यसै गरी आचार्यले गाउँमा जाँदा गणकलाई केही धाक, धम्की, अभद्र व्यवहार, दुरव्यवहार खेप्नु पर्ने अवस्था रहे नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा मिडिमा जानकारी गराउन समेत प्रजिअ आचार्यले भनेका छन् ।काम गर्दा स्थानियवासी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगाएत सरोकारवालाको सम्पर्कमा रहेर काम गर्दा सहज हुने र तँपाइले गरेको कामको डाटा वा विवरणले राज्यको निति निर्माणमा असर गर्ने भएकाले त्यसलाई अनुशासित ढंगले आफ्नो जिम्मेवारी वहन गर्न पनि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गणकलाई भनेका छन । गणकहरु त, के, कोही व्यक्ती सुस्त हुन नहुने मैले गर्नु पर्ने काम के हो त्यो काम समयमै पुरा गर्नु होस कामको प्रतिवद्धताले व्यक्तिको चरित्र निर्माण हुने प्रमुख जिल्ला अधिकारी आचार्यले यसरी बताएका छन।
जिल्ला प्रहरी कार्यालयका हेरम्ब सर्मा, ससत्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र भण्डारी, बराहदल गुल्मका प्रतिनिधि, अनुसन्धान प्रमुखको उपस्थित रहेको गणक तालिमको उत्घाटन कार्यक्रम शनिवार विहान १० वजे जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको थियो । जसमा गणक ३७ जनाको उक्त ४ दिने तालिममा सहभागीता रहेको छ ।