हुम्लाः ६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । स्वास्थ्य कर्मी विना नै संचालन हुनेमा चंखेली गाउँ पालिका वडा नं ६ पुमा स्वास्थ्य किलिनिङ रहेको छ ।
२०७६ सालको मंसिर महिना यता उक्त स्वास्थ्य किलिनिङमा अहेव र अनमी नभएको र एक जना कार्याल सहयोगीको भरमा संचालन हुदै आएको स्थानियवासी गंगबहादुर वुढाले बताएका छन् । अनमी र अहेव आफ्नो निजि काम देखाउदै काठमाण्डौ गएको र हाल सम्म नफर्केको वुढाले बताएका छन् ।
पुमा स्वास्थ्य किलिनिङमा स्वास्थ्य कर्मी नहुदा ३ घण्टा दुरीमा रहेको मेल्छाम स्वास्थ्य चौकीमा जानुको विकल्प नभएको वुढाले बताएका छन् । जसले गर्दा गर्भवति महिला, बालबालीका, वृद्ध वृद्धालाई सास्ती भएको वुढाले बताएका छन् ।कार्यालय सहयोगीले औषधी नचिन्ने गरेको र स्थानियको दबावमा जथाभावि औषधी दिने गरेको पनि पाइएको वुढाले बताए ।