राज शाही मंगलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

यात्रुलाई टिकट समस्या हुन थालेपछि हुम्लाबासीले नेपाल एयरलाईन्ससँग उडानको व्यवस्था गर्न माग गरेका छन् । यसअघिका वर्षमा दसैँ तिहारका बेला नेपाल एयरलाईन्सले उडान भर्ने गरेको थियो, तर अहिले नगर्दा आफूहरु समस्यामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।जनप्रतिनिधि, स्थानीय प्रशासन, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, नागरिक समाजले उडानको व्यवस्था गर्न माग गरेका हुन् । गएको वैशाख यता सरकारी विमान सेवा प्रदायकले हुम्लामा उडान भरेको छैन । जहाज नभएकै कारण नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न नसकिएको नेपाल एयरलाईन्सले जनाएको छ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका बासिन्दा अहिले हवाई यातायत पनि नियमित नहुँदा समस्यामा परेका छन् । दसैँ र त्यसपछि पनि निजी विमान सेवा प्रदायकले कम उडान गरेको र सरकारी नेपाल वायु सेवा निगम अन्तर्गतका विमानको उडान नै नभएका कारण यात्रुहरु समस्यामा छन् ।

आफूले विगत १० दिनदेखि हवाई टिकटका लागि प्रयास गरे पनि नपाएको यात्रु जयबहादुर शाहीले बताएका छन । दिनदिनै धाउँदा पनि टिकट नपाएकाले काठमाडौँ जाने योजना तत्कालका लागि स्थगित गर्नु परेको उनले बताए । भनसुन र पहुँचका आधारमा टिकट वितरण हुन थालेपछि सर्वसाधारण यात्रु समस्यामा परेका हुन् ।

खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भीमराज शाहीले टिकट नपाएर यात्रु मात्र नभई बिरामी समेत विमानस्थलबाट फिर्ता हुनु पर्ने अवस्था आएको जानकारी दिए । अरु बेला दैनिक १५ वटासम्म उडान भर्ने निजी सेवा प्रदायकले अहिले एक मात्र उडान भरेकाका कारण समस्या भएको उनको भनाइ छ ।

टिकट नपाएका कारण खार्पुनाथ गाउँपालिका १ का बिरामी वीरजित शाहीलाई फिर्ता गर्नु परेको थियो । सुर्खेत लैजाने तयारी गरे पनि टिकट नपाएपछि बिरामीलाई फिर्ता गर्नु परेको आफन्तको गुनासो छ । बिरामीलाई स्टेचरमा राखेर सिमकोट विमानस्थल लगिएको थियो ।हुम्लामा निजीस्तरका तारा, सीता र समिट एयरले उडान भर्दै आएका छन् ।

अहिले तारा एयरले एक मात्र उडान भर्ने, समिट एयरले नियमित उडान नगर्ने र सीता एयरले उडान भर्नै छोडेपछि यात्रु समस्या परेका हुन् । सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि चार सय भन्दा बढी यात्रुहरु मर्कामा पर्दै आएका छन् । नेपालगञ्जबाट हुम्ला आउने यात्रुको पनि समस्या उस्तै छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९