राज शाही सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

वेमौसमी अविरल वर्षाले खानेपानीको मुहान वगाउदा ८० घरधुरीलाई खानेपानीको समस्या भएको छ ।खानेपानीको मुहान वगाउनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ प्युस गाउँ रहेको हाम्रा सहकर्मी एव रेडियो कैलासका निर्देशक  जनक शाहीको स्थलगत अध्ययनमा देखिएको हो  ।

हिमाली जिल्ला हुम्लाको क्षेत्र नं ख मा स्थापित खार्पुनाथ गाउँ पालिका वडा नं १ को प्युस गाउँमा स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको प्राविधक सहयोग र ग्रामिण जलश्रोत  व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा उक्त खानेपानी आयोजना निर्माण भएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले बताएका छन् ।

उक्त गाउँका ८० घरधुरीलाई खानेपानीको समस्या अतिनै भए पछि स्नोल्याण्ड एकिकृत विकास केन्द्रले सो गाउँका स्थानियवासीलाई खानेपानीमा पहुँच पुर्याउनका लागी सो आयोजना छनौट गरी आर्थिक वर्ष ७६।७७ मा निर्माण गरेको निर्देशक शाहीले बताएका छन् ।

खानेपानी निर्माण भए पछि सो गाउँका ८० घरधुरी संगै कैलास माध्यामिक विद्यालयका विद्यार्थिले समेत  पानी प्रयोग गर्दै आएका थिए । त्यस अघि उक्त गाउँका नागरीक र विद्यार्थीले खोलाको धमिलो पानी र कुवाको पानी खानु पर्ने वाध्यता रहेको थियो ।

गोरु पानी पियाउनाको मुख्य मुहानबाट ल्याइएको मुहान समेत पहिरोले वगाए पछि त्यहाँका नागरीक पहिलेकै अवस्थामा खोला तथा कुवाको धमिलो पानी पिउन वाध्य भएको स्थानियवासी दिलबहादुर शाहीले बताएको हाम्रा सहकर्मी शाहीले बताएका छन् ।

गोरु पानी पियाउन मुख्य मुहानबाट ल्याइएको पानीबाट प्युसको माथिल्लो गाउँ तल्लो गाउँ वाटोमा होटल पसल गरी वसेका व्यक्ति र विद्यालयमा समेत धारा जडान गरीएका थिए । उक्त मुहान पहिरोले वगाए पछि सो गाउँमा जोडिएका १४ वटा धारा पानी विनाका खाली धारामात्र देखिने गरेका छन ।

पहिरोले मुख्य मुहान वगाए पछि धारामा पानी नआउदा करिव १ घण्टा लगाएर खोलाको धमिलो पानी खान स्थानिय वासी र विद्यार्थी वाध्य भएको पाइएको छ । खोलाको धमिलो पानी प्रयोग गर्नु पर्दा झाडा पखाला, आउ, रुघा खोकी लगाएतका रोगको वढी जोखिम देखिएको खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

अध्यक्ष रावलका अनुसार उक्त पहिरोले लिएको मुहान निरिक्षण गरी मर्मत गर्दा लाग्ने  खर्चको अनुमानित लागत स्टेटमेन्ट पनि तयार गरीएको र सो खाने पानी मर्मतका लागी चाँडो पहल गर्ने समेत  अध्यक्षले बताएका  छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९