नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी पाटीले पत्रकार भेटघाट प्रेस मिट कार्यक्रम संचालन गरेको छ । पाटी अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य लोकबहादुर हमाल, हस्तबहादुर शाही, जिल्ला पाटी सचिव कमल छत्याल, जिल्ला पाटी उपसचिव प्रेमा लामा जनवर्गिय संगठन परिचालन विभाग प्रमुख जर्नेल जेठारा, प्रचार विभाग प्रमुख कर्णबहादुर रोकाया लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी पाटी भाद्र ९ गते स्थापना भए देखि हुम्ला जिल्लामा भएका काम कार्यका बारेमा सोही पाटीका प्रचार विभाग प्रमुख कर्णबहादुर रोकायाले यसरी प्रस्तुत गरेका थिए । रोकायाले हुम्ला जिल्लामा १ सय ५१ जिल्ला कमिटी गठन भएको र जसमा ताँजाको गाउँ पालिकामा २१ सदसिय, अदालनचुली गाउँ पालिकामा ५१ सदसिय, चंखेली गाउँ पालिकामा ४१ सदसिय, सर्केगाड गाउँ पालिकामा ३१ सदसिय गाउँ कमीटी गठन गरेको जानकारी गराइएको थियो । त्यसै गरी अशोज १२ गते ५१ सदस्यीय सचिवालय सदस्य गठन गरिएको पनि जानकारी गराइएको थियो ।
हुम्ला जिल्लाको क नं क्षेत्रमा आफ्नो संगठन विस्तार गर्ने पहिलो चरणको कार्यक्रम संम्पन्न भएको र ख नं क्षेत्रको पाटी संगठन विस्तार गर्ने कार्य पनि तत्काल सुरु गर्ने, नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको दलदलमा डुब्नबाट बचाएर क्रान्तिकारी धारलाई अझ सशक्त बनाउनका लागी यो नेपाल कम्युनिष्ट एकिकृत समाजवादी पाटीको जन्म भएको सोही कार्यक्रमका अध्यक्ष शिवराज शर्माले बताएका थिए ।
प्रेस मिट कार्यक्रममा पत्रकारहरुले उठाएका सवाल माथि जवाफ दिदै प्रदेश कमिटी सदस्य लोकबहादुर हमालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने लक्ष्य र उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको उद्देश्य भएको र दक्षिण मन्थी अवसरवादबाट मात्रै हैन मध्यपन्थी अवसरवादीबाट समेत अनेकौ जालझेल यड्यन्त्र हमला अपहरण र मित्थ्य अफवाह फैलाउने दुष्प्रयासहरु सबैलाई प्रास्त गर्दै विद्रोह सफल भएको यस हमालले बताएका थिए ।
गत भाद्र ९ गते नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दल निर्वाचन आयोगमा विधिवतरुपमा दर्ता भएको अवगत गराउदै, नेपाली सर्वहारा श्रमजिवि वर्ग तथा आम हुम्ली न्यायप्रेमी एंव क्रान्तीकारी जनताको हकहितको प्रतिनिधित्व गर्ने राजनैतिक दल भएको सोही पाटीका प्रदेश कमिटी सदस्य हस्तबहादुर शाहीले यसरी बताएका थिए । कार्यक्रम विहिवार दिनको साढे १ वजे सोही पार्टीको पार्टी कार्यालयमा संचालन भएको थियो । कार्यक्रममा जिल्लामा स्थापित पत्रकारहरुको सहभागीता रहेको थियो ।