राज शाही बिहिबार, आश्विन १४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

न्यायिक तथा अर्ध न्यायिक निकायमा कार्यरत कर्मचारीहरुको लागी ७ दिने न्यायिक क्षमता वृद्धि तालिम संचालन भएको छ । उक्त तालिम हुम्ला जिल्ला अदालतमा संचालन भएको हो । जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा संचालित तालिमलाई हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेल,प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्य सरकारी वकिल केशर प्रसाद पन्त र पुर्णबहादुर केसीले परिशिक्षण गराउने छन् ।

तालिममा जिल्लाका न्यायीक निकाय र अर्ध न्यायीक निकायका कर्मचारीको सहभागीता रहेको छ । न्यायीक निकायमा जिल्ला अदालत हुम्लाका र  सरकारी वकिल कार्यालय हुम्लाका कर्मचारीको सहभागीता रहेको छ भने अर्धन्यायीक निकायमा जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय,  जिल्ला वन कार्यालय,जिल्ला प्रहरी कार्यालयका कर्मचारीको सहभागीता रहेको छ ।

उक्त परिशिक्षण कार्यक्रममा सिकेका विषय वस्तुहरुले कार्यालयमा काम गर्न सहज हुने  यो तालिम सारै प्रभावकारी भएको हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले सो ७ दिने न्यायीक क्षमता वृद्धि तालिमको उत्घाटन कार्यक्रममा यसरी बताउनु भएको थियो ।

हुम्ला जिल्लामा न्याय सम्बन्धी काम गर्ने जनसक्तीको कमीका बाबजुत पनि कर्मचारीले तनमन लगाएर काम गरी रहेको, जिल्लामा

 

न्यायीक तथा अर्ध न्यायीक निकायका बारेमा जानकारीको कमी हुदा काम कार्य गर्न केहि कठि  न भएको,  यस किसिमका कार्यक्रमहरु यस अघि नै हुम्ला जिल्लामा संचालन गर्ने धोको भए पनि आर्थिक अभाव लगाएतका विभित कार्यले गर्दा संचालन गर्न नसकिएको र यस पाली हुम्ला जिल्ला अदालतको सहकार्यमा सो कार्यक्रम संचालन गर्न आयोजना गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका थिए ।

न्यायिक क्षमता वृद्धि अभिमुखिकरण तालिमको उद्धघाटन कार्यक्रममा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्य,जिल्ला सरकारी वकिल द्धय केशरप्रसाद पन्त र पुर्णबहादुर केसी, प्रहरी नायव उपरिक्षक हेरम्ब सर्मा लगाएत न्यायीक तथा अर्ध न्यायीक निकायका कर्मचारीको सहभागीता रहेको थियो । हुम्ला जिल्ला अदालतमा दिनको १ वजेबाट संचालन भएको तालिमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी हेरम्ब शर्माको र प्रमुख आतिथ्य माननिय जिल्ला न्यायाधिश जगतबहादुर पौडेलको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९