हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध भएको छ । उक्त विद्युतको मुख्य केनलको पानी पावर हाउसमा आउने पानी नआइ खोलामै चुहिएर जाने गरेकाले विद्युत अवरोध भएको हिल्दुम विद्युत वितरण केन्द्र प्रमुख साजन एडीले बताएका छन् ।
यस अघि सिचाइ तथा खानेपानी कार्यालयले विनियोजन गरेको ३० लाख बाट ग्याविन बुन्य तथा गारो लगाउने काम सुरु भएको भए पनि विगत ५।६ दिन देखि परेको अविरल वर्षाले सो विद्युतको मुख्य क्यानल चिरा चिरा परेकाले विधूत संचालनमा समस्या भएको सोही कार्यालय प्रमुख ऐडीले यसरी बताए ।।उक्त विद्युत विहान साढे ६ वजे बाट अवरुद्ध भएको हो ।
सो विद्युत अवरोध हुँदा सदरमुकाम सिमकोट सिहत जिल्लाका २ गाउँ पालिकाका सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन् । यी गाउँ पालिका भित्र संचालनमा रहेका उद्योग कलकारखाना इलेक्टोनिस पसल लगाएका काम कार्यहरु प्रभावित भएका छन् ।