राज शाही आइतबार, आश्विन ०३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लामा संविधान दिवस भव्यरुपमा मनाइएको छ । दिवशमा सहभागी कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरीक समाज, राजनैतिकदल, जनप्रतिनिधि एर्पोटचोकमा जम्मा भई सोही चोकबाट र्याली निकाली जिल्ला समन्वय समितिको प्राङगणमा कोणसभामा परिणत भएको थियो । संविधान दिवशको अध्यक्षता जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको र प्रमुख आतिथ्य पुर्व संघिय प्रर्यटन मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।

प्रथम संविधानसभाले तोकिएको समयमा संविधानको सफल प्रारुप दिन नसकेपछी दोश्रो संविधान सभाको चुनाव अनि त्यसको निष्कर्शीक प्रभावले नेपालको संविधान २०७२ घोषणा हुन ठूलो भूमिका खेलेको थियो । संघिय गणतान्त्रिक नेपालका रुपमा राज्य पूर्नसंरचना गर्दै कूल ७ वटा प्रदेश अनि यस अघिको संवैधानिक राजतन्त्रलाई गणतन्त्र अनि एकात्मक राज्य संरचनालाई संघियतामा रुपान्तरण गरेको यस संविधानले हरेक प्रदेशमा एउटा र केन्द्रियमा एउटा गरि दुर्इ प्रकारको संसदको ब्यवस्था गरेको छ । आफूले चाहेको लैङ्गिक पहिचान सहितको नागरीकता पाउने सहज ब्यवस्था गरेको यो संविधानले २०४७ सालको संविधान सरह मृत्यूदण्डको खारेजिलाई निरन्तरता दिएको छ । छोरीहरुलाई पैतृक सम्पत्तिमा छोरा सरह समान अधिकारको ब्यवस्था गरेको यो संविधान हरेक प्रकारले लैङ्गिक शसक्तकरणको पक्षमा दृढ छ र नेपाल राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्रका रुपमा ब्याख्या गरेको छ  भन्ने भनाइ पुर्व मन्त्री जिवनबहादुर शाही  राख्नु भएको थियो ।

सङ्घिय गणतन्त्रिक’ शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखेर जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व-शासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनकालागि नेपाली जनताको स्वविवेकले पटक-पटक हुँदै आएका ऐतिहासिक जन-आन्दोलन, स-शस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात शहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दछ भन्ने भनाइ जिल्ला समन्वय प्रमुख दानबहादुर रावत राखेका थिए ।

विश्व मानचित्रमा आजको मितिसम्म अधिकांश समुन्नत राष्ट्रहरु संवैधानिक तर्कहरूमा एकै पटकमा सर्व-सहमतिमा पुगेका हैनन् । संविधानप्रतिको असहमती सामान्य कुरा हो र असहमती नै थप परिष्कृत भएर निखारीने अझ राम्रो मौका हो । संविधानले असहमत नागरीकका मुद्दाहरुलाई पनि संवोधन गर्दै हाम्रो अनि राम्रो संविधान बन्न सकोस अनि समस्त नेपालीजनमा विकास र भातृत्वको लहर छाओस भन्ने भनाइ प्रमुख जिल्ला अधिकारी गणेस आचार्यले राखेका थिए  । नेपाली जनतामा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस् । यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपाली पनको रातो र निलो छाताभित्र सबैजना अटाउन सकौं ।  बिधीको शाषन होस्, बिधी अनि न्याय सरोवर होस् भन्ने भनाइ  विजय भण्डरी राखेका थिए ।

७ औ संविधान दिवसमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा, नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकाया, नेकपा एमालेका कमल बोहरा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेस जैसी, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष तिर्थराज रोकाया, राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्ष विकास महत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९