हिमाली जिल्ला हुम्लामा पत्रकार र फुटबल एकेडीमी बीच मैत्रिपुर्ण फुटबल खेल संचालन भएको छ । शनिवार दिनको १ बजे बाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको खेल मैदानमा भएको खेलमा ४ का विरुद्ध १ गोल पत्रकारहरुले हानेका थिए ।
१५ । १५ हजारको बाजी राखीएको खेलमा हुम्ला फुट वल एकेडीमीले ४ गोल हानी बिजयी प्राप्त गरेको छ । एकडीमीका तर्फबाट हुम्ला फुटवल संघका अध्यक्ष विष्णु रावत क्याप्न्टेन रहेका थिए भने पत्रकारहरुको तर्फबाट हुम्ला जिल्ला पत्रकार महासंघका कार्यबाहक अध्यक्ष राज शाहीले क्याप्टेनको भुमिका निर्बाह गरेका थिए ।
खेलमा हारजित जे जस्तो भए पनि उक्त मैत्री पुर्ण फुटवलमा राखिएको रकमबाट हुम्ला फुटवल एकेडीमीका खेलाडी र पत्रकारहरु बिच भावना साँटासाँटको कार्यक्रम गरिने भएको छ भने सो मध्यको केही रकम फुटवल एकेडीमीको खातामा जम्मा गरीने हुम्ला फुटवल एकेडिमीका अध्यक्ष विष्नु रावतले बताएका छन् ।