राज शाही बुधबार, साउन २०, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो । नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा, काङ्ग्रेस प्रतिनिधिसभामा दोस्रो सबैभन्दा ठूलो दल बनेको थियो जहाँ यसले कुल २७५ सीट मध्ये ६३ मा विजय हासिल गरेको थियो।

यीनै समय सामहीक विषय बस्तु माथिको छलफलका लागी नेपाली काँग्रेसका शुभेछुक संस्थाका प्रमुखहरुको बैठक बसेको छ । सो बैठकले नेपाली काँग्रेसको जिल्ला अधिवेसनमा नेपाली काँग्रेस जिल्ला पाटीमा गुट उपगुटको राजनैतिक नगरी सहमती र सहकार्य गरेर जिल्ला अधिवेसन सम्पन्न गर्नका लागी सुझाव दिने जस्ता विषय माथि बैठक केन्द्रित भएको थियो ।

अनौपचारीकरुपमा बसेको  नेपाली काँग्रेसको शुभेछुकको बैठकले साउन २१ गते विहान ९ वजे  नेपाली काँग्रेस जिल्ला पाटीका सभापती, उपसभापती, सचिव, सहसचिव, बरिष्ट नेता  र पुर्व संसदसँग शुझाव दिन तथा छलफल गर्न र  हुम्लामा नेपाली काँग्रेसलाई एक ढिक्का भएर जानका लागी पहल गरीने नेपाली काँग्रेसको शुभेछुक संस्था ट्रेड युनियन काँग्रेस आइका अध्यक्ष राजन रावतले बताएका छन् ।

बिजय होटलमा संचालन भएको बैठकमा नेपाली काँग्रेसको शुभेछुक संस्था विपिचिन्तन प्रतिष्ठानका जिल्ला उपाध्यक्ष मधु बस्नेत शाही, नेपाली शिक्षक संघका जिल्ला अध्यक्ष कैलास रोकाया, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष राजबहादुर शाही, दिपक भण्डारी, नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष कालीबहादुर शाही, गैससका अध्यक्ष सुर्यबहादुर शाही कर्माचारी युनियनका जिल्ला अध्यक्ष बिशाल बोहरा र नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष राज शाहीको उपस्थित रहेको थियो ।

नेपालमा ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९