हिमाली जिल्ला हुम्लामा स्वास्थ्यकर्मीलाई कोरोना देखिने क्रम जारी रहेको छ । यस अघि जिल्ला अस्पतालका डाक्टर अमृत विष्ट र सर्केगाड गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष धामीलाई कोरोना लाग्दा हेलिकप्टबाट धामीलाई जुम्ला र विष्ठलाई काठमाण्डौ उदार गरिएको थियो । यसै विच खार्पुनाथ गाउँ पालिका खार्पुनाथ स्वास्थ्य चौकी अहेव कर्णाजित शाहीलाई कोरोना देखिएको छ । अहेव शाहीलाई साउन १४ गते करोना चेकजाँच गर्दा निजलाई कोरोना देखिएको शाहीले बताएका छन् ।
आफ्नो कार्य क्षेत्रका स्थानिय सेवाग्राहीलाई उपचारका क्रममा आफुलाई कोरोना सल्किएको हुन सक्ने शाहीले बताएका छन् । साधारण रुघा खोकी लागेको र केही दिन अघि हल्का ज्वरो समेत आए पछि साउन १४ गते खार्पुनाथ गाउँ पालिकाको स्वास्थ्य शाखामा चेकजाँच गराउदा कोरोना देखिएको अहेव शाहीले बताएका छन् ।
साधारण रुघा खोकी र हल्का ज्वरो आएको र अन्य स्वास्थ्य अवस्था सामान्य रहेको शाहीले बताएका छन् । शाही खार्पुनाथ गाउँ पालिका खार्पुनाथ स्वास्थ्य चौकी संगै स्वास्थ्य क्षेत्रमा एक इमान्दार कर्मनिष्ट कर्मचारीको रुपमा चिनिनु हुन्छ ।