नन्द सिंह शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा बसेका २९ जना व्यक्तिद्धारा सोही वडाका नेपालगञ्जमा अलपत्र परेका दलित सामुदायका १४ जनालाई आर्थिक सहयोग गरेका छन् ।

केही दिन अगाडी मात्रै काठमाण्डौमा बस्दै आएका सिमकोट गाउँपालिका–५ का नागरिक राजु रावतले आफ्नै व्यक्तिगत लगानीमा ५ र ६ का वडाध्यक्षहरुलाई हस्तान्त्रण गरिएको १ लाख ६५ हजार रुपैयाँ मध्य ६ नम्वर वडाको भागमा परेको ८२ हजार ५ सय रुपैयाँ जेठ ३ गतेका दिन पत्रकारहरुको रोहवरमा वडाध्यक्ष जयचन्द्र रोकायाले सो रकमलाई वितरण गरेका हुन् ।

क्वारेन्टाइनमा बसेका २९ जनालाई अध्यक्ष रेकायाले प्रति व्यक्ति २ हजार ८ सय ४४ रुपैयाँको दरले हस्तान्त्रण गरिएता पनि आफ्ले २ हजार मात्र लिएर नेपालगञ्जमा अलपत्र परेका आफ्नै गाउँका १४ जना दलितहरुलाई २९ जनाकै ८ सय ४४ रुपैयाँका दरले सहयोका लागि अध्यक्ष रोकाया मार्फत पठाई दिने आग्रह गरेको स्थानीय कैलाश रोकायाले बताए ।

सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको सानो सहयोगले उनिहरुको केही दिनको छाक टार्नका लागि भए पनि सहयोगी हातहरु चाल्न सफल भएको अर्का स्थानीय लोकेनद्र रोकायाले बताए ।
सोही वडाको क्वारेन्टाइनमा रहेका २९ जना व्यक्तिहरुले अध्यक्ष रोकाया मार्फत ५८ हजार ग्रहण गरेका थिए भने बाँकी २४ हजार ४ सय ७६ रुपैया हुम्लाका नेपालगञ्जमा रहेका दलितहरुलाई छुट्याएको अध्यक्ष रोकायाको भनाई छ ।

राजु रावतले गरेको सो रकमलाई सिमकोट गाउँपालिका–६ ले आफ्ना क्वारेन्टाइनमा बसेका व्यक्तिरुलाई रहात स्वरुप नगद रुपैयाँ नै सहयोग गरेको छ भने ५ नम्वर वडाले ८२ हजार ५ सय रुपैयाँलाइ क्वारेन्टाइनको निर्माण र सजावटका लागि खर्च गरिने ५ नम्वर वडाका वडाध्यक्ष कृष्ण बोहराले बताए ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९