हुम्ला जिल्लाको नाम्खा गाउँ पालिकामा महिला ७० र पुरुष ६० गरी जम्मा १ सय ३०, खार्पुनाथमा महिला ३७ र पुरुष १ सय २ गरी जम्मा १ सय ३९, सर्केगाडमा महिला १ सय १ र पुरुष २ सय २१ गरी जम्मा ३ सय २२, चंखेली गाउँ पालिकामा महिला १ सय ५४ र पुरुष १ सय ५८ गरी जम्मा ३ सय १२, अदानचुलीमा महिला ४८ र पुरुष १ सय ३३ गरी जम्मा १ सय ८१, ताँजकोटमा महिला ४८ र पुरुष १ सय ३२ गरी जम्मा १ सय ८०, सिमकोट गाउँ पालिकामा महिला ४४ र पुरुष १ सय १७ गरी जम्मा १ सय ६१ र जिल्ला अस्पतालमा महिला २ सय ९७ र पुरुष ४ सय ५४ जना गरी जम्मा ७ सय ५१ जनालाई कोरोना चेक जाँच गरिएको जिल्ला अस्पताल प्रमुख प्रेमबहादुर सिहले बताएका छन् ।
हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यति वेला हुम्ला जिल्लामा कोरोना सक्रिय संक्रमितको सख्या ५४ जना पुगेको छ । जिल्लामा जम्मा २ हजार १ सय ७६ जनामा गरिएको चेकजाँचमा हाल सम्म ३ सय ५९ जनामा कोरोना पुष्टी भएको छ । जसमा महिला १ सय ३६ र पुरुष २ सय २३ जनामा कोरोना पुष्टी भएको हो ।
कोरोना संक्रमित भएका मध्य महिला १ सय १६ र पुरुष १ सय ८८ गरी जम्मा ३ सय ४ जना निको भएका छन भने हुम्लामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमित मध्य नाम्खा गाउँ पालिकामा ४, खार्पुनाथ गाउँ पालिकामा १२, अदानचुली गाउँ पालिकामा २६, ताँजाकोट गाउँ पालिकामा २ र जिल्ला अस्पतालमा १० जना गरी कुल कोरोना सक्रिय संक्रमित ५४ जना रहेका छन् । जसमा २१ जना महिला र ३३ जना पुरुष रहेको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन भक्ति फडेराले बताएका छन् ।