हुम्ला
स्वास्थ्य संस्थाले थेक्नै नसक्ने गरी हुम्लामा कोरोना संक्रमितको संख्यामा वृद्धी हुदै गएको छ । हाल जिल्लाका गाउँ पालिकामा कोरोना चेक जाँचलाई न्युन गरीए पछी जिल्ला अस्पतालमा कोरोना चेकजाँच गरीएका मध्य वढि जसोमा कोरोना पोजेटिभ देखिन थालेको छ ।
वन्दावन्दीको समयमा कोरोना संक्रमितको संख्या सुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयमा बन्दाबन्दी खुले संगै ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा महिला १३ र पुरुष १७ जना रहेका छन् ।
यस अघि कोरोनाको संख्या सुन्यमा झरेको खार्पुनाथ गाउँ पालिकामा कोरोनाको संख्या बुधबार मात्रै ३ जनामा कोरोना पोजेटिभ देखिएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक बलिराज शाहीले बताएका छन् । यस अघि सर्केगाड गाउँ पालिकाका १ जना सिमकोट आउने क्रममा खार्पुनाथमा कोरोना चेकजाँच गरिदा कोरोना पोजेटीभ देखिएको थियो ।
खार्पुनाथ गाउँ पालिकामा ४, सिमकोट गाउँ पालिकामा १ र जिल्ला अस्पतालमा ३० जना गरी सक्रिय संक्रमितको संख्या ३५ जना रहेको छ । अहिले नाम्खा, सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँ पालिकामा कोरोना सक्रिय संक्रमितको संख्या सुन्यमा झरेको छ ।