राज शाही शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 

हुम्लाः कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका गरिब र विपन्न घरपरिबारलाई राहत बितरण गरिएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनले बिहान बेलुकि छाक टार्न समस्यामा परेका सिमकोट गाउपालिका ७ डाडाफयाका  ओख्रेन, थाया, जबुक, ग्वालेखोर, डाडागाउ र टुलिङ्ग गाउका २ सय ५० घरधुरीलाई सिमकोट गाउपालिका ७ डाडाफयाका स्थानियबासी समाजसेबी बलबिर शाहीले आफ्नो व्यक्तिगत पहलमा राहत वितरण गरेका हुन् ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेशा, व्यवसाय नभएका ज्यालादारी काम गरी  खाने मात्र नभई सिमकोट ७ डाडाफयाका बिभिन्न बस्तिमा बसोबास गर्ने  सम्पुर्णलाई बिहान बेलुका खानाको जोहो गर्न समेत समस्या आउन थाले पछि अहिले पहिलो चरणमा सिमकोट गाउपालिका ७ डाडाफयाका  ओख्रेन, थाया, जबुक, ग्वालेखोर, डाडागाउ र टुलिङ्ग गाउका २ सय ५० घरधुरीलाइ प्रति घरधुरी १० केजी चामल १ पोका तेल र १ चक्कि नुहाउने साबुन गरी २५ क्विन्टल चामल २ सय ५० पोका तेल र २ सय ५० चक्कि साबुन सहयोग गरि राहत बितरण गरिएका हुन  ।

यो राहत ७ नं. वडाका सबै घरपरिबारलाई राहत बितरण गरिने शाहीले बताए , सबैलाई दिने भए पनि पहिलो चरणमा लकडाउनका कारण समस्या परिरहेको बेलामा गरिव, विपन्न, एकल, फरक क्षमताका व्यक्तिहरुलाई बितरण गरेको छ भने दोस्रो चरणमा सबैलाई वितरण गरिने शाहीले बताए । हुम्ला जस्तो विकट जिल्लामा राहत वितरण गर्न सहयोग गरेकोमा ७ नं. वडाबासीले शाहीलाई धन्यवाद दिएका छन ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९