राज शाही बिहिबार, आषाढ १७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

खार्पुनाथ गाउँ पालिकाले गाउँ सभामा घोषणा गरे अनुरुप पालिका भित्रका स्थानियवासीहरुलाई स्वास्थ्य विमा गर्ने कार्य सुरु गरेको छ । ५ वटा वडा पालिका रहेको खार्पुनाथ गाउँ पालिकाले जिल्लामै पहिलो पटक आफ्ना नागरीको स्वास्थ्य विमा गर्ने कार्य सुरु गरेको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिकाले गाउँपालिका भित्रका सबै नागरीकको स्वास्थ्य विमा गर्नका लागी अषाढ १६ गतेबाट अभिकर्ता खटाएको संयोजक शाहीले बताएका छन् ।

स्वास्थ्य विमाका लागी खार्पुनाथ गाउँ पालिका वडा नं १ मा प्रमिला पाल, वडा नं २ मा लक्ष्मी रावत, वडा नं ३ मा गगन टमट्टा, वडा नं ४ मा रेसुमा हमाल र वडा नं ५ मा निराजन शाहीलाई खटाएको खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

 

उक्त स्वास्थ्य विमा खार्पुनाथ गाउँ पालिकाले निसुल्क गर्ने भएको छ ।उक्त स्वास्थ्य विमा गर्दा विमितले नेपाली नागरिकताको प्रतिलिपी दुई प्रति फोट र जन्म दर्ता अनिवार्य पेश गर्नु पर्ने छ । यो स्वास्थ्य विमा गर्दा विमितलाई १ लाख सम्मको औषधी उपचार सरकारले वेहोर्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९