सिमकोट सहित जिल्कोलाका ४ वटा गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा खार्पुनाथ, सिमकोट, ताँजाकोट र अदानचुली गाउँ पालिका रहेका छन् । आर्थिक वर्ष ०७८।०७९ को लागी सिमकोट गाउँ पालिकाले रु ४६ करोड ४६ लाख ४५ हजार रुपैंया विनियोजित गर्दै उक्त गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । कुल विनियोजित वजेट मध्य चालुतर्फ रु २६ करोड ९९ लाख २२ हजार र पुँजीगत तर्फ १९ करोड ४७ लाख २३ हजार विनियोजित गरिएको छ । चालुतर्फ ५८. ०९ प्रतिसत र पुजीगत तर्फ ४१.९ प्रतिसत वजेट विनियोजित गरिएको छ ।
जसमा पुर्वधार विकास तर्फ रु १८ करोड १२ लाख ६ हजार, अर्थिक विकास तर्फ १९ करोड ९३ लाख ४७ हजार, सामाजिक विकास तर्फ ४ करोड ९५ लाख २४ हजार वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड २० लाख र संस्थागत विकास तथा सुशासन कार्यक्रम तर्फ २ करोड २२५ लाख ६८ हजार वजेट विनियोजित गरिएको छ । सो गाउँ पालिकाको गाउँ सभाको अध्यक्षता सोही गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको रहेको गाउँ सभामा उपाध्यक्ष वलि रावतले आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
खार्पुनाथ गाउँ पालिकाले पनि गाउँ सभा सम्पन्न गरेको छ । उक्त गाउँ पालिकाले ३६ करोड ६९ लाख ११ हजारको आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । जसमा आर्थिक विकास तर्फ २ करोड २५ लाख मात्र, सामाजिक विकास १७ करोड ८१ लाख ४ हजार ५ सय ८४ मात्र, पूर्वाधार विकास ७ करोड ५५ लाख ६१ हजार मात्र, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र २ करोड ९ लाख १४ हजार मात्र), कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६ करोड ८८ लाख ३१ हजार ४ सय १६ को वजेट प्रस्तुत गरिएको खार्पुनाथ गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले बताएका छन् ।
चालू खर्चमा विनियोजित वजेट १७ करोड ४१ लाख १ हजार र पुजीगत तर्फ १९ करोड २६ लाख १० हजार विनियोजित गरिएको खार्पुनाथ गाउँ पालिकामा अध्यक्ष कर्णबहादुर रावलले बताएका छन । खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा संचालन भएको गाउँ सभामा आर्थिक निति तथा कार्यक्रम र बजेट सोही गाउँ पालिका उपाध्यक्ष रुपा शाहिले प्रस्तुत गरेकी थिइन ।
खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रमलाई गाउँपालिकाका सबै नागरिकलाई पूर्णरूपमा निःशुल्क गर्ने कार्यक्रमसहित स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए छन । त्यससँगै सबै वडामा सडक निर्माण, शिक्षा, कृषि र पशु विकासका क्षेत्रलाई प्राथमिकतामा राखेको उपाध्यक्ष रुपा शाहीले बताएकी छन ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताएका छन । त्यसैगरी स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र आयआर्जनका क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राखेको अध्यक्ष फडेराले बताएका छन् । सो गाउँपालिकाले २७ करोड ९८ लाख ६२ हजारको बजेट आगामी वर्षका लागि ल्याएको छ।
त्यसैगरी, दक्षिणी क्षेत्रकै अर्को ताँजाकोट गाउँपालिकाले सडक, पहिरो पीडितका लागि पुनर्निर्माण, स्वास्थ्य, शिक्षा र आयआर्जनलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताएका छन । सो गाउँपालिकाले ३१ करोड १९ लाखको बजेट ल्याएको छ। यी गाउँपालिकाले तोकिएको मितिमै बजेट ल्याएका हुन्।
नाम्खा गाउँ पालिकाको गाउँ सभा अषाढ १८ गते र चंखेली गाउँ पालिकाको गाउँ सभा अषाढ १५ गते हुने खवर प्राप्त भएको ।