हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका रहेका छन् । नाम्खा गाउँ पालिका बाहेक अन्य जिल्लाका ६ वटा गाउँ पालिका र जिल्ला अस्पतालमा कोरोनाको चेकजाँच गरीएकोमा कोरोना पोजेटिभ देखिएका छन् । नाम्खा गाउँ पालिकाले कोरोना चेकजाँज गर्दा हाल सम्म नदेखिए पनि नाम्खा गाउँ पालिकामा वसोबास गर्ने स्थानियले जिल्ला अस्पतालमा कोरोना चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको छ ।
हुम्ला जिल्लामा कुल कोरोना चेक जाँच गरीएका १ हजार ४ सय ८२ जनामा २ सय २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा १ सय ७७ जना निको भएर घर फिर्ता भएका छन् । हाल हुम्ला जिल्लामा सक्रिय संक्रमितको संख्या ४८ जना हुनु पर्नेमा २ जनाको मृत्यु हुँदा ४६ जना रहेका छन् ।
खार्पुनाथ गाउँ पालिकामा जम्मा कोरोना पोजेटिभ १७ जना रहेकोमा १३ जना निको भई सक्रिय संक्रमितको ४ जना, सर्केगाड गाउँ पालिकामा जम्मा कोरोना संक्रमित ५३ जना रहेकोमा ३० जना निको भई सक्रिय संक्रमितको संख्या २३ जना, चंखेली गाउँ पालिकामा कोरोना संक्रमितको संख्या ५२ जना रहेकोमा ४८ जना निको भइ सक्रिय संक्रमितको संख्या ३ जना अदानचुलीमा गाउँ पालिकामा जम्मा कोरोना संक्रमितको संख्या २१ जना रहेकोमा १२ जना निको भई सक्रिय संक्रमितको संख्या ९ जना ताँजाकोट गाउँ पालिकामा जम्मा कोरोना संक्रमितको संख्या ३५ जनामा ३५ जना नै निको भइ सकेको र सिमकोट गाउँ पालिकामा कुल कोरोना संक्रमितको संख्या ७ जनामा ७ जनानै निको भएर घर फिर्ता भएका छन् ।
त्यसै गरि जिल्ला अस्पतालमा जम्मा कोरोना संक्रमितको संख्या ४० जनामा ३२ जना निको भई घर फिर्ता भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिहले बताएका छन् ।