हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जमिन गिलो बन्दै गएको छ । जमिन गिलो बन्दा भासिने पहिरो जाने जस्ता जोखिम बढी रहेका छन् । यस्तो अवस्थामा डिस्का भिरालो जमिन, खोला तथा कर्णालीको छेउछाउमा बस्नु नहुने बस्दा जिउज्यानमा क्षेती हुन सक्ने हुम्ला जिल्लाका प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले बताएका छन् ।
यसै बीच सिमकोट गाउँ पालिका वडा नं ७ जवुकामा घरको छतमा हाल्ने माटो निकाल्न जाँदा माटोको डिस्को खस्दा ३ जना घाइते भएका छन् । घाइने हुनेमा सिमकोट गाउँ पालिका वडा नं ७ जवुका गाउँ वस्ने वर्ष १२ का युद बहादुर शाही, वर्ष ३० की अम्रिता शाही र वर्ष ७ का दिनेश शाही रहेका छन् ।
घाइते मध्ये युद बहादुर शाहीको २ वटा खुट्टा र ढाड भाँचिएको र जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसक्ने अवस्था भए पछि जिल्ला बाहिर रिफर गरिएको छ भने वर्ष ३० की अम्रिता शाही र दिनेश शाहीको जिल्लामै उपचार हुने भएको छ । अम्रिता र दिनेशलाई सामान्य चोट लागेको जानकारी प्राप्त भएको छ ।
केही दिन अघि हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ७ को जवुकामा विधुत सट भइ डवल बहादुर शाहीको घर आगलागी भइ पुर्णरुपमा क्षेती भए पछि उक्त घर पुन निमार्ण गरी छतमा माटो हाल्नका लागी सोही घर देखि २० मिटर तलबाट माटो निकाली छतमा हाल्ने क्रममा माटोको ढिस्को भत्कदा निजहरुलाई चोट लगाको स्थानियवासी विरबहादुर सिंहले बताएका छन् ।
शनिवार विहान अंन्दाजी साढे १० वजेको समयमा उक्त घटना भए पछि सिमकोट गाउँ पालिकाका अध्यक्ष पदमबहादुर लामा सहयोग र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माको सहकार्यमा गाडि सम्बन्धीत स्थलमा पुगी घाइतेहरुको उदार गरिएको छ ।
घाइते सबै घरमुली डवलबहादुर शाहीकै घर परिवार रहेका छन् । युद बहादुर शाहीको अवस्था केही जटिल भएको र जिल्लामा उपचार नहुने पछि आर्थिकको समस्या परेको छ । युदबहादुर शाहीको वुबा यसअघि नै मृत्यु भइ सकेको र आमा डवलबहादुर शाही संग विवाह गरेपछि डलबहादुर शाहीले नै लालन पालन पोषण गर्दै आइ रहेका छन् । निज टुहुरा नाबालकको उपचारमा समस्या देखिएको छ । बालबालिका सम्बन्धी काम गर्ने सरोकारवाला निकाय र मनकारी हातहरुको यतिवेला घाइते युदबहादुर शाहीलाई आवश्यक परेको स्थानिय विरबहादुर सिहले बताएका छन् ।