नन्द सिंह शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्लामा लगातार ढुवानी हुँदै आएको खाद्यान्न पूजा गर्नका लागि आएको हैन गरिव निमुखा जनताहरुको घर घरमा पुग्नु पर्ने उद्योग बाणिज्यसंघका अध्यक्ष नामग्याल तामाङको भनाई छ । जेठ २ गते नेपाल खाद्य व्यवस्थापन समितिको वसेको बैठकमा सो कुरा आएको हो । अव खाद्यसंस्थान शाखा कार्यालय तथा व्यपार कम्पनी लिमिटेटले हुम्ली जनताहरुलाई खाद्यान्न वितरण गर्दा कसरि गर्ने र यसको सहि सदुपयोग गर्ने भन्ने बारेमा सो बैठक बसेको थियो ।
समितिले पटक पटक विभिन्न किसिमका निर्णयहरु गर्ने तर कार्यन्वयन नहुने गरेकाले यो पटकबाट जिल्लाका गरिव निमुखा जनताहरुले पुरामात्रामा चामल पाउँनु पर्ने आवश्यक्ता रहेको जिल्ला समन्य समितिका प्रमुख दानबहादुर रावतले बताए । रावत प्रमुखका अनुसार जिल्ला भित्रिएको खाद्यान्न सहि ढङ्गले वितराण नभएको देखिन्छ ।
हालसम्म खाद्यान्न वितराण गर्दा अनियमितता भनेको कर्मचारीबाट मात्र देखिने गरेको सो समितिले जनाएको छ । कर्मचारीको खाद्यान्न वितरण गर्दा जिल्लाका अधिकांस गैर सरकारी संस्था र निर्माण कम्पनिहरुले अनियमितता गरेको देखिन आएको छ । हाल जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैर सरकारी संस्थाको संख्या करीव २ सय ५९ रहेको पाइएको छ । अव सवैको छानवि हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लामा कोरोना रोगको डर त छदैछ झन ठूलो समस्या हुम्ली जनताका लागि भोकमारि पर्ने देखिएकोले जिल्लाका सवै जानमान, पार्टीका नेता, जनप्रतिनिधि समेत लागि परेर खाद्यान्नको माग गर्नका लागि अग्रसर हुनु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।
जिल्लामा जती सकै बैठकहरु भए पनि कार्यन्वयन भने भएको देखिएको छैन । चिटलाई बन्द गर्ने भने पनि शक्रबारिए चामल भने सदरमुकाम सिमकोटमा रहेका होटेल व्यवसायी गर्दै आएकालाई मदिरा उत्पादनका लागि वितरण भईरहेको सो बैठकमा कुरा उठेको थियो । यसलाई तत्काल बन्द गर्न पत्रकारहरुको समेत माग रहेको छ ।
सोही दिन बसेको बैठकमा अवका दिनदेखि खाद्य संस्थानले उपलव्ध गाराउँदा जिल्ला प्रशासन कार्यालयबाट प्रति व्यक्ति पाँच किलोका दरले चिट मार्फत वितरण गरिनभएको छ भने यो भन्दा पहिलाका दिनहरुमा मृत्युका वेला दुई पटक खाद्यान्न दिने गरिएको भएता पनि यसपछि भने सोका लागि तीन पटक चामल उपलव्ध गारउँने सो समितिको निर्णय छ । तीन पटक उपलव्ध गराउँदा १३ दिनेमा तीन, ४५ दिनेमा एक र एक वर्षे बारखिमा दई क्वीन्टल चामल दिइने सो वैठकले निर्णय गरेको समितिले जनाएको छ ।
यस अघि ०७६ साउन १४ गते वसेको जिल्ला खाद्य संस्थान समिति हुम्लाको बैठकको निर्णयनानुसार सिमकोट शाखाका लागि आर्थिक वर्ष ०७६।७७ मा ३० हजार क्वीन्टल खाद्यान्न माग गरिएको भए पनि हालसम्म जम्मा १७ हजार ४ सय ७७ क्वीन्टल ६० किलो चामलमात्र उपलव्ध भएको तर बाँकी रहेको खाद्यान्न केनद्रमा ढुवानीका लागि पहल गर्ने खाद्या संस्थान शाखा कार्यालयका प्रम्ुख रामबहादुर विष्टले बताए ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९