हुम्ला
हिमाली जिल्ला हुम्लामा पहिलो कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सर्केगाड गाउँ पालिका वडा नं २ रिप गाउँका ५७ वर्षिया टोप्ले विकको दाह संस्कार आफन्तबाट गरिएको छ । मृतक विकको थप उपचारका लागी जिल्ला अस्पताल सिमकोट हुम्लामा ल्याउने दुई जना छोरा र दुई जना आफन्तले नयाँ प्रावधान अनुसार दाहसंस्कार गर्न पाएका हुन ।
जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले कोरोना संक्रमणको कारण मृत्यु भएका लासको दासंस्कार सम्वन्धि नयाँ कार्य बिधिमा आफन्तले गर्न पाउने प्राबधान बमोजिम मृतक बिकको लासलाई छोराहरुबाट दाहसंस्कार गर्ने कार्य सुरु गरिएको बताए ।
लाशलाई मृतकका छोराहरु भिम बिक र जस बहादुर बिक सहित चार जनाले दाहसंस्कार गरेका हुन । यसका लागि गाउँपालिकाले कोरोना संक्रमितबाट मृत्यु भएको लासको दासंस्कारका लागि तोकेको स्थानमा गरिएको छ ।
लासको दाहसंस्कारका लागि नेपाली सेना जाने तयारी अबस्थामा रहेको भएपनि लास भएको स्थान पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन जान मात्र लाग्ने भएपछि समन्वयमा आफन्तले नै अन्तिम दाहसंस्कार गरेको प्रमुख जिल्ला अधिकार आचार्यले बताएका । यदि आफन्तले नमानेको भए शुक्रवार सेना पुगेपछि मात्र दाहसंस्कार हुन थियो । नयाँ प्राव्धानले ठुलो भुगोल भएका स्थानहरुमा सहज बनाएको छ ।
कोरोना संक्रमणको कारण हुम्लामा पहिलो पटक विकको मृत्यु भएको थियो । कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको उपचार गर्न जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमो मृत्यु भएको हो । एक दिन अगाडी बिरामी भएर सर्केगार्ड स्वास्थ्य चौकीमा उपचारका लागि गएको बेला उनलेको एष्टिजीन किटबाट कोरोना परिक्षण गर्दा संङ्क्रमण पुष्टि भएको थियो । उनको गत बुधवार स्वास प्रस्वासमा बढी समस्या भएपछि घरका परिवारले गाउँपालिका केन्द्रको स्वास्थ्य चौकीमा पुर्याएका थिए । बिरामी बिक दमका दिर्घरोगी हुन ।
अक्सिजनको व्यवस्था स्वास्थ्य चौकीमा भएको भएपनि बिधुत समस्याको कारण त्यो पनि संभव भएको थिएन । उपचार नहुने भएपछि जिल्ला अस्पतालका चिकीत्सकहरुसंगको समन्वयमा बिहीबार बिहान मात्र बिरामीलाई जिल्लामा ल्याउनका लागि पैदल हिडाउने कार्य भएको थियो ।