राज शाही आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्ला अस्पतालबाट दक्षिणी हुम्लाका गाउँपालिकामा कोरोनाको अबस्थाको अनुगमन गर्न चिकीत्सकको टोली गाउँपालिकातर्फ लागेको छ । कोरोना संक्रमणका बारेमा मापदण्ड अनुसार चेकजाँच र उपचार भए नभएको बुझ्न चिकीत्सकको टोली गाउँतर्फ लागेको हो ।

कोरोना संङ्क्रमितको उपचार, क्वारिन्टीन र आइसोलेशनको अबस्था अनुगमन र स्वास्थ्यकर्मीलाई कोरोना उपचार र ल्यापका कर्मचारीलाई कोरोना परिक्षण सम्वन्धि तालिमको व्यवस्थाका लागि चिकीत्सक कैलाश लामाको नेतृत्वमा टोली  गाउँतर्फ लागेको अस्पतालका चिकीत्सक टासी आङ्जु लामाले जानकारी दिएका छन् । चिकीत्सकको टोली गाउँगाउँमा जानका लागि माग भएपछि सो टोली खटाईएको हो ।

टोलीले दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेर  अनुगमन गर्ने लामाले बताएका छन । टोलीले कोरोना संङ्क्रमितका साथै अन्य बिरामीको समेत उपचार गर्ने उनले बताए ।

कोरोना संङ्क्रमणको दोस्रो लहर चलेपछि गाउँगाउँमा पहिलो पटक चिकीत्सको टोली लागेको हो ।  यसअघि गाउँपालिकाका स्वास्थ्यकर्मीबाट कोरोना चेकजाँच र संङ्क्रमितको उपचार हुँदै आएको थियो । चिकीत्सकको टोली पुग्ने चार वटै गाउँपालिकामा कोरोना संङ्क्रमित रहदै आएका छन् ।

टोलीमा चिकीत्सक राज कुमार श्रेष्ठ र ल्यावका स्वास्थ्यकर्मी सहित चार जनाको सहभागिता रहेको छ ।  तीन दिन अगाडी गाउँपालिकातर्फ जाने चिकीत्सकको टोली वर्षाको कारण रोकिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्ला जिल्ला अदालतद्धारा अर्ध न्यायिक निकायहरूको अनुगमन  कार्यलाई तिव्र
कारागार भवन निर्माणधिन अवस्थामा रहेकाले थुनुवा तथा कैदी हिरासदमा
हुम्ला जिल्ला अदालतले अर्धन्यायिक निकायहरूको अनुगमन तथा निरिक्षण सुरु

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९