राज शाही सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका ग्रामीण बस्तिहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । ग्रामीण भेगमा पर्ने दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संङक्रमित संख्या बढ्दै गएको हो ।

सोमबार मात्र पहिलो पटक एन्टिजीन किटबाट पहिलो पटक कोरोना परीक्षण ४४ जनालाई गरिएकोमा ८ जनामा कोरोना देखिएको चंखेली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु शाहीले बताएका छन् । किट पुगे लगत्तै गाउँपालिकाको वडा नम्बर ४ मा गरिएको परीक्षणमा कोरोना संक्रमित देखिएको उनले बताएका हुन ।

चंखेली सहित हुम्लाका सात मध्य पाँच वटा गाउँपालिकामा कोरोना संक्रमण देखिएको छ । बजुरा क्षेत्र भन्दा पनि ग्रमीण बस्तीमा कोरोना फैलन लागेकोमा उनले चिन्ता ब्यक्त गरेका छन् । अब जिल्लामा कुलकोरोना संक्रमितको संख्या ७६ पुगेको छ । जसमा ११ जना कोरोनालाई जितेर घर फर्केका छन् । यसअघि चार वटा गाउँपालिकामा एकसाथ कोरोना संक्रमण फैलिएको थियो । कोरोना संङ्क्रमणसंग मिल्ने बिरामी बढेपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमित देखिएका हुन ।

कुल संङ्क्रमित मध्य २९ जना ताँजाकोट गाउँपालिकाका छन् । त्यसअघि नेपालगंज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट बिमान स्थलमा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसयता दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परिक्षण गर्दा बिरामी संख्या बढी रहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।

उनका अनुसार सिमकोट गाउँपालिकामा दश दिनमा २० जना कोरोना संक्रमित देखिएका छन् । सर्केगार्ड गाउँपालिकामा ११ जनामा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र शाहीले बताउनुभयो । यता अदानचुली गाउँपालिकामा गरिएको परिक्षणमा ८ जनामा कोरोना देखिएको सोही गाउँ पालिका अध्यक्ष दलबहादुर फडेराले बताएका छन् । एक हप्ता अगाडी नाम्खा गाउँपालिकाले कोरोना लक्षणसंग मेल खाने बिरामीको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । जम्मा संङक्रमित मध्य एक जनामा स्वासप्रस्वासमा समस्या देखिए पछि हेलिकोप्टरबाट जुम्ला रिफर गरिएको र ११ जनाले कोरोना जितेर घर फर्किएका छन ।

हाल जिल्लाका ५ वटा गाउँपालिकाका आईसोलेशन वार्ड र होम आईसोलेशनमा ६५ जना संङ्क्रमित रहेका छन् । संङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९