राज शाही बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ ।

उक्त क्वारेन्टिनमा प्राप्त पानी नहुदा सौचालय तथा लगाएको लुगा धुन र सरसफाइ गर्न समस्या भएको त्यहाँ रहेकी एक जना महिलाले बताएकी छन् । त्यसै गरी आफु सहित ३ जना विद्यार्थी रहेको र आफ्नो अनलाईन कक्षा संचालन भईरहेकाले नेट नहुदा पठन पाठनमा समस्या आएको ति महिलाले  वताएकी छन् ।

हाल उक्त क्वारेन्टिनमा ८ जना रहेको ८ जना मध्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि एक जनाको अलि वढि छाती दुखेको भन्ने सम्मको खवर प्राप्त भएको छ । उक्त क्वारेन्टिनमा वसेकाहरुलाई स्वास्थ्यकर्मीले नियमित चेक जाँच गरी स्वास्थ्य उपचार गरी रहेको पनि खवर प्राप्त भएको हो ।

खानेपानीको जडान उक्त क्वारेन्टीनमा गरिएको भए पनि पानी नआउदा त्यहाँ रहेका पानीका ट्रयाङकी नभरिएकाले पानीको समस्या आएको वुझिएको छ  ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९