राज शाही सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका एक आदेश जारी गर्दै वैशाख २१ गते राती १२ बजेवाट वैशाख २८ गते राती १२ बजेसम्म जिल्लालाई शिल गरिएको  बताएका छन ।

यो अबधिमा हवाई यातायात समेत बन्द रहने भएको छन्। त्यो संगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाका समेतबाट सिल गरिएको छ । उक्त अबधिमा मानिसको आउजाउ समेत बन्द हुने आदेशमा उल्लेख गरिएको छ । यो शिलको अबधिमा निम्न सेवा मात्र गर्न पाईने छ । यसरी शिलको अवधिमा गर्न पाईने कुरामा स्वास्थ्य, शान्ति सुरक्षा, सुचना रञ्चार, खोनेपानी, फोहोर मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ , औषधी पसल, बैंकको एटिए सेवा रहेका छन् ।

त्यसै गरि जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गरि  दैनिक उपभोग्य बस्तु – तरकारी, खाद्य, दुध, ग्याँस ) पसलहरु बिहान सात वजेदेखि १० वजेसम्म सञ्चालन गर्न पाईने छन् । यो अवधिमा सञ्चालन गर्न पाईने सेवा तथा साधनहरुमा बिरामी तथा सुरक्षाकर्मी बोकेको सवारी साधन मात्र सञ्चालनमा आउनेछन् ।  साथै आदेशमा यो लागु हुँदाको बखत सिमा नाकाबाट जिल्ला प्रबेश गरि  गन्तव्य स्थानमा पुगि नसकेका नागरिकहरुका लागि भने सम्वन्धित सुरक्षा निकाय र गाउँपालिकाको समन्वयमा गन्तव्यसम्म पुग्न सकिने उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९